पछिल्लो समय नेकपाका वरिष्ठ नेता पार्टीमा एक्लिँदै गएका छन्। खासगरी प्रधानमन्त्रीसमेत रहेको अध्यक्ष केपी ओलीसँग उनको मनमुटाव बढ्दै गएको छ।
पार्टीमा यत्रो मनमुटाव देखिन थालेको छ, अब तपाईं कसरी जानुहुन्छ?
सहमतिबाटै जानुपर्छ। छलफलबाट मिलाएरै अगाडि लैजानुपर्छ। पार्टीमा छलफल, बहस त भई नै रहन्छन् नि ! आज मात्र होइन, मेरो अनुभव भन्नुहुन्छ भने २०३१ सालदेखि विवाद हुँदै आएको छ। त्यस्ता विवाद तपाईंहरूका निम्ति नयाँ लाग्न सक्छ। मैले ४६ वर्षदेखि नै बेहोर्दै आएको छु।