गोरखा- कम्युटर एसोसियन अफ नेपाल महासंघ (क्यान) गोरखाको छैटौ जिल्ला सभा एवं तेस्रो अधिबेसन आज सम्पन्न भएको छ ।
गोरखा सदरमुकाममा सम्पन्न भएको अधिबेशनले आगामी २ बर्षका लागि क्यानको नयाँ नेतृत्व चयन गरेको हाे ।
अधिबेशनले नोखबहादुर बोगटी (अमृत)को अध्यक्षतामा ११ सदस्सीय जिल्ला कार्यक्रम समिति गठन गरेको छ ।
नवगठित कार्यसमितिका उपाध्यक्षमा सुदिप कोइराला, सचिवमा बाबुराम तिवारी, कोषाध्यक्षमा भक्तराम राना, र सचिवमा सानुकाजी श्रेष्ठलाई चयन गरिएको संघले जनाएकाे छ ।
अधिबेसनको गोरखा नगरपालिका गोरखाकी उपप्रमुख बिनाकुमारी श्रेष्ठले उद्घाटन गरिन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख श्र्ष्ठले जिल्ला भित्र सूचना प्रबिधिको बिकास र बिस्तारलाई जोड दिएर अघि बढ्न संघलाइ अाग्रह गरिन् ।