काठमाडौं- नेपाल टेलिकमले प्रतिएमबी ३ पैसामै इन्टरनेट सुविधा उपलब्ध गराउने भएको छ।
कम्पनीले दैनिक रूपमा प्रयोग गर्न सकिने गरी ‘प्रतिदिन एक जिबी डाटा’ प्याकेज योजनाअन्तर्गत सस्तो दरमा इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराएको हो।
सुविधा लिनका लागि वान डी वान जी लेखेर १४१५ मा सन्देश पठाउनुपर्ने कम्पनीले बताएको छ।
सुविधाअन्तर्गत २४ घन्टासम्म प्रयोग गर्न सकिने गरी ४५ रुपैयाँ (करसहित) मा १ जिबी डाटा चलाउन सकिनेछ।
यस छुट योजनामा प्रतिएमबी करसहित ४।५ पैसा लाग्छ।
यसैगरी कम्पनीले ग्राहकहरूको सुविधालाई ध्यानमा राखी सात दिनका लागि जम्मा २ सय ५० रुपैयाँमा ७ जिबी डाटा योजना पनि उपलब्ध गराइरहेको छ।
सेभेन डी सेभेन जी लेखेर १४१५ मा सन्देश पठाएपछि ७ दिनसम्म प्रतिदिन १ जिबीका दरले डाटा प्रयोग गर्न सकिन्छ । यस प्याकेजमा प्रतिएमबी करसहित ३।५ पैसा मात्र लाग्छ। नेपाल टेलिकमको सबभन्दा सस्तो दरको इन्टरनेट सेवा प्रयोग गर्नका लागि २८ जिबीको सुविधा लिन सकिन्छ।
यस प्याकेजमा ८ सय ५० रुपैयाँले २८ दिनसम्म २८ जिबी डाटा चलाउन पाइन्छ। यो सुविधा प्रयोग गर्नका निम्ति २८ डी २८ जी लेखेर १४१५ मा सन्देश पठाउनुपर्छ।
यो सेवा दैनिक १ जिबीका दरले २८ दिनसम्म प्रयोग गर्न सकिन्छ। यो प्याकेज प्रयोग गर्दा इन्टरनेटको मूल्य प्रतिएमबी करसहित ३ पैसा मात्र पर्छ।