काठमाडाैं- नेपाली समाज युएईको १४ औं अधिवेशन आगामी ०६ सेप्टेम्बर २०१९ शुक्रबार युएई स्थित दुबईमा हुने भएको छ।
युएईमा लामो समय देखी निरन्तर सामाजिक अभियानमा सक्रिय भुमिका निभाउदै आएका गोबिन्द ढकालले नेपाली समाज युएईको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्।
ढकाल नेपाल बिश्व सहयोग संघका निवर्तमान अध्यक्ष ढकालले एक विज्ञप्ति प्रकाशित गर्दै अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
बिज्ञप्तिमा उनले नेपाली सामाज युएई अगाडी बढाउन युएईमा रहेका सक्रिय संघरसंस्था एकजुट भएर पुरानालाई सम्मान गर्दै जाने, नयाँलाई प्रोत्सान गर्दै अगाडी बढ्नु र महान लक्ष्य र कार्यक्रम सहित नेपाली समाजलाई हाक्न सक्ने,श्रमिकको हितमा काम गर्न सक्ने कुशल नेतृत्वको खाँचो देखिएको र यी सबै चुनौतिको सामना गर्न बर्तमान नेपाली समाज युएइको २०१९ – २०२१ कार्यकालको लागि आफ्नो उम्मेदवारी रहेको घोषणा गर्दछु’ बिज्ञप्तिमा भनिएकाे छ ।
को हुन् ढकाल
२००५ को अन्त्य तिर रोजगारी को सिलसिलामा सामान्य मजदुर भिजामा युएइ आएका ढकाल हाल युएइको स्थापित बिल्डिंग कन्स्ट्रक्सन कम्पनिमा पर्चेजिंग इन्चार्ज को भूमिकामा कार्य गर्दै आएका छन्।
युएइ आए देखि नै सामाजिक कार्यमा सक्रिय ढकाल गोर्खा सेवा समाज युएइ सस्थापक सल्हाकार, नेपाल बिस्व सहयोग संघ युएइ का उपाधक्ष्य हुदै सोहि सस्था का अधक्ष्य भइ सामाजिक काम गरे।
अहिले पनि उनि विभिन्न सामाजिक संघ सस्था मा आबद्ध छन्।
२०७२ सालको विनासकारी भुकुम्पमा, भुकम्प पीडितहरुको राहतका लागि गोर्खा समाज युएइले चलाएको राहत संकलन तथा वितरणमा सक्रिय भूमिका खेलेका उनि सामाजिक कार्यको लागि सधै अग्रणी स्थानमा छन्।
२०१४ मा युएइ मा रहेका सम्पूर्ण जिल्ला सस्था को छाता सङ्गठन जिल्ला परिसद गठन गर्न तदर्थ समितिको संयोजक भई जिल्ला परिसद गठन गर्न अहम भूमिका खेलेका थिए।
युएईमा स्थापित संग संगठन हरुले चलाएका विभिन्न सामाजिक अभियान मा नेतृत्वदायी भुमिका खेल्दै आइरहेका छन्।
ढकालले नेपाली समाज युएइको संयोजनमा गत वर्ष (२०१८) मा संयुक्तरूपमा संचालित संयुक्त बाढिपिडित सहयोग कार्यक्रममा प्रमुख भुमिका निभाएर निकै चर्चा कमाएका थिए।
सबै जातजाति , वर्ग र सामुदाय हरु सँग घनिष्ठ सम्बन्ध राख्न सफल ढकाल सबैलाई समेटेर लैजान सक्ने कुशल बौद्धिक व्यक्तित्व र परदेशमा रहेर पनि सबै नेपाली हरु सँग भाइचारा को प्रगाढ सम्बन्ध राख्न सक्ने मिलनसार व्यक्तिका रुपमा सबैमाझ परिचित छन्।
के छन् अध्यक्षका उम्मेदवार ढकालका कार्ययोजनाहरु
नेपाली समाज युएईमा आबद्द संघसंस्था तथा आजिबन सदस्य लगाएत सम्पुर्ण युएई बासि नेपाली दाजुभाई दिदी बहिनीहरुलाई नमस्कार, नेपाली समाज युएईको १४ औ महाधिवेशन यहि ६ सेप्टेम्बर,२०१९ का दिन सम्पन्न हुन गईरहेको कुरा यहाँ हरुलाई अबगत नै छ ।
१९९० मा स्थापित नेपाली समाज युएइ संग बिगत लामो समय देखि सहकार्य गर्दै नेपालीहरुको हरेक समस्यामा आफुले पनि सक्दो सहयोग गर्दै आइरहेको कुरा यहाँहरुलाई थाहै छ।
नेपाली सामाज युएई लाई अगाडी बढाउँन युएइ मा रहेका सक्रिय संघ/संस्था एक जुट भएर पुरानालाई सम्मान गर्दै जाने र नयाँलाई प्रोत्सान गर्दै अगाडी बढ्नु र महान लक्ष्य र कार्यक्रम सहित नेपाली समाजलाई हाक्न सक्ने,श्रमिकको हितमा काम गर्न सक्ने कुशल नेतृत्वको खाँचो देखिएको कुरा हजुरहरुलाई सर्ब बिदितै छ ।
त्यसैले यी सबै चुनौतिको सामना गर्न बर्तमान नेपाली समाज युएईको २०१९ – २०२१ कार्यकालको लागि निम्न लिखित कार्ययोजना सहित आफ्नो उम्मेदवारी रहेको जानाकारी गर्दछु।
- युएइ मा रहेका नेपालीहरुको समस्यालाई समाधान गर्न सम्पूर्ण संघ/संस्थाहरु संग सहकार्य गर्दै नेपाली समाज प्रती सबै नेपालीको बिस्वास बढाउने छु ।
-नेपाली समाजको आर्थिक कोषलाई मजबुद बनाउदै आजिबन तथा साधारण सदस्यहरुलाई सहयोग राशि घोषणा गर्नेछु ।
- युएइमा क्रियासिल सम्पुर्ण सामाजिक, राजनैतिक, जातिय क्षेत्रीय एबं अन्य संघ/संस्थाहरु संग सहकार्य गर्दै,नेपाली समाजलाइ सबैको साझा फुलबारी हो भन्ने आभाष गराउने छु ।
-
युएइमा रहेका नेपालीलाई भई परि आउने आपत बिपत एबं अन्य समस्यालाई नेपाली राज दुतावासबाट आबस्यक सल्लाह सुझाब लिइ दुताबास र नेपाली समाजको सहकार्यमा आर्थिक कोष खडा गरि समस्यामा परेका नेपालीहरुको नैतिक एबं कानुनी उपचार गर्दै समस्या समाधान गर्न प्रयत्न गर्नेछु ।
-नेपाली कला संस्कृतिको जगेर्ना गर्दै विभिन्न चाड, पर्ब बिसेष कार्यक्रमको आयोजना गर्नेछु ।
-युएइ कार्यरत नेपालीहरु रहेका क्याम्पमा गई जनचेतनामूलक कार्यक्रम गरिने छ, जसमा नेपाली राजदुतावासको पनि सहकार्यको लागि ध्यानकर्षण गराईने छ ।
-
नेपाली महिलाहरुसंग जोडिएका समस्यालाई उच्च प्राथमिकतामा राख्दै समन्धित निकायको सहयोगमा समाधान तर्फ लाग्न प्रयत्न गर्नेछु ।
-
बिगतमा नेपाली समाजमा आबद्द भई बिशेष कारणले समाजबाट बाहिरिनु भएको सम्पुर्णलाई स-सम्मानका साथ समाजमा ल्याउने प्रयास गर्नेछु ।
-
युएई रहनु हुने पत्रकार,ब्यापारी,समाजसेवि,कलाकार सबै संग सुमधुर सम्बन्ध बनाई आपसी छलफल गर्दै बैचारिक एबं सात्काक्षर कार्यक्रम गरिने छ । साथै सबै संघ संस्थाहरु संग कार्यगत सहकार्यमा जोड दिइनेछ ।