गाेरखा- लायन्स क्लव काठमाण्डौ नार्गजुनले दक्षिणी गोरखाको विजया भवानी माध्यमिक विद्यालय मकैसिङको छात्रवासलाई एक महिनाको लागि पुग्ने खाद्यान्न हस्तान्तण गरेका छन् ।
लायन्स क्लव अफ नार्गुजुनका अध्यक्ष लायन रामजी अधिकारी सहितको ७ सदस्यीय एक टोलीले विहीवार विद्यालयमा आयोजित कार्यक्रममा एक महिनालाई पुग्ने खाद्यान्न हस्तान्तण गरेका हुन् ।
क्लवले विद्यालयको छात्रवासलाई एक महिनालाई पुग्ने दाल, चामल, विस्कुट, तेल, चिऊरा, चना, केराऊ लगायतका खाद्यान्न हस्तारण गरेका हुन् ।
२ दशक पहिलेसम्म संचालनमा रहकेको सो छात्रवास वन्द भएको र २ घन्टाभन्दा टाढाका विद्यार्थीहरु भिरको वाटो आउनुपर्ने र पढाई छुट्ने भन्दै सवै विद्यार्थीलाई अनिवार्य छात्रवासमा राखेर आउँदो एस.इ.इमा राम्रो रिजल्र्ट ल्याउने उदेश्यले पुःन अनिवार्य छात्रवासको व्यवस्था गरिएको विद्यालयका सहायक प्रधानाध्यापक तथा छात्रवास वार्डेन संगम तिवारीले जनाए ।
छात्रवास संचालन गरेको दोश्रो महिनामा आर्थिक समस्या देखाउँदै ५ जना विद्यार्थी छात्रवासमा आवद्ध हुन नसकेको समस्यालाई सो क्लवले आगामी एस.इ.इ. सम्म लाग्ने सम्पूर्ण छात्रवास शुल्क तिरिदिने क्लवका अध्यक्ष अधिकारीले जनाए ।