गोरखा- गोरखाका सांसद हरिराज अधिकारीले आरुघाट र खहरे बजार क्षेत्रको मुअब्जा तत्काल निर्धारण हुनुुपर्नेमा जोडदिएका छन् ।
आरुघाट गाउँपालिका–९ का नेकपाका पार्टी सदस्य सुरेन्द्र श्रेष्ठको श्रदान्जली कार्यक्रममा बाैलदै उनले यस्ताे बताएका हुन् ।
उनले बुढीगण्डकी डुबान क्षेत्रमा पर्ने आरुघाट र खहरे बजारको मुअब्जा निर्धारण नहुदा प्रभावित क्षेत्रका जनता मारमा परेको भन्दै तत्काल मुअब्जा निर्धारणका लागि आफुले निरन्तर पहल गरिरहेको बताए ।
‘यहाँका जनताको समस्यालाई मैले राम्रोसंग बुझेको छु’ उनले भने, ‘आयोजनाको कार्यलयदेखि उर्जामन्त्रमा पुगेर मन्त्रीसंग पनि पटक–पटक मुअब्जा निर्धारण गर्न छु तरपनि ढिलाई भईरहेको छ ।’
उनले मुअब्जा निर्धारणमा ढिलाई हुदा डुवान क्षेत्रमा पर्ने जनताको आर्थिक आयआर्जन र कारोवार गर्न समेत अफ्ट्यारो भएकोले मुअब्जा निर्धारण छिटो गर्नुपर्ने पक्षमा आफु रहेको बताए ।
उनले डुवान प्रभावित क्षेत्रको उचित मुअब्जा संगै पुर्नबास र पुर्नस्थापनका लागि समेत सरकारले बिशेष ध्यान दिनुपर्नेमा जाेड दिए ।
बुढिगण्डकी जलबिद्युत आयोजना राष्ट्रिय गौरवको आयोजना भएको भन्दै प्रभावित क्षेत्रका जनताको मन जितेर आयोजना निर्माणको काम अघि बढाउनुपर्ने अाबश्यक रहेकाे भन्दै उनले सम्बन्धित पक्षसग निरन्तर सम्वाद भइरहेकाे दावी गरे ।