गोरखा- भारतीय राजदूत मञ्जिवसिँह पुरीले पूर्वप्रधानमन्त्री तथा गाेरखा क्षेत्र न २ का प्रतिनिधि सांसद डा बाबुराम भट्टराईको लोकप्रियताप्रति चासो राखेका छन् ।
२०७२ साल बैशाख १२ र त्यसपछि गएका विभिन्न खालका भुकम्पले क्षति पुगेकाे गोरखकाली र गोरखनाथको दर्शन तथा गोरखा दरबारको अवलोकन गर्दै रमजदुत पूरीले चासाे राखेका हुन् ।
गोरखाको पुनर्निर्माणको अबस्था बारे अवलोकन भ्रमणमा शनिबार आएका राजदूत पुरीले जनप्रतिनिधिको हैसियतमा रहेका भट्टराई लोकप्रियचाहिँ कति छन् भनेर सोधेका हुन् ।
उनले गोरखाको डाँडाबाट बाबुरामको घर कता पर्छ ? उनी गोरखामा कति लोकप्रिय छन् ?’ उनले सोधे, ‘जनप्रतिनिधि हुन्, मन पराउँछन् होला नि ?’
नेपालको पुनर्निर्माण प्रक्रियासँग भारत सरकार सन्तुष्ट रहेको नेपालका लागि भारतीय राजदूत मञ्जिवसिँह पुरीले बताएका थिए ।
‘८५ प्रतिशत पुनर्निर्माण भएको छ, यसमा हामी धेरै खुशी छौं’, उनले भने, ‘नेपाल र भारत बीच मैत्री सम्बन्ध छ । त्यसैले हामी सँधै नेपाल र नेपाली खुशी रहेको देख्न चाहन्छौं । नेपाल सरकार खुशी छ भने हामी यसै खुशी हुन्छौं ।’