काठमाडौं- ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका अभियुक्तलाई धरौटीमा थुनामुक्त गर्ने उच्च अदालत विराटनगरको आदेश सर्वोच्च अदालतले १७ साउनमा सदर गर्यो।
तर, आदेश दिने न्यायाधीश भने न्याय परिषद्को निर्णयबाट एक महिनाअघि पहिल्यै बदर भइसकेका थिए।
पछिल्लो समय न्यायालयमा बेथिति र भ्रष्टाचार बढ्दै गएको खबर आजको नेपाल साप्ताहिकमा जनक नेपालले लेखेका छन्।
सर्वोच्चमा न्याय सम्पादन झन्झन् ढिलो हुन थालेको छ। जसले मुद्दाको चाङ थपिएको छ। फैसला घट्दै गएका छन्।
भ्रष्टाचार अभियोगमा न्याय परिषद्ले न्यायाधीश विश्मंगल आत्रेय, उमेशकुमार सिंह र ओमकार उपाध्यायलाई पदमुक्त गरेको छ।
न्याय परिषद्ले भ्रष्टाचारको छानविन थालेपछि उच्च अदालत पोखराका न्यायाधीशद्वय जीवनहरी अधिकारी र रामचन्द्र यादवले राजिनामा दिएका छन्।
न्याय परिषद्ले जिल्ला र उच्च अदालतका न्यायाधीशमाथि कारबाही गरे पनि न्यायालयमा भ्रष्टाचार बढेको बढ्यै छ, जनआस्था भने घटेको घट्यै छ।