गोरखा- लुँइटेलभञ्जाङ–आँपपिपल–हर्मी–भच्चेक सडकखण्ड गएको १२ दिनदेखि अबरुद्ध भएको छ ।
लगातार परेको पानीका कारण सडक भासिदा उक्त सडक खण्डमा यातायात सञ्चालन हुन नसकेको हो ।
जिल्लाको पालुङटार नगरपालिका–३ स्थित बोहोरा गाउँमा पर्ने खण्डमा सडक भाँसिएर पिच नै ५० मिटर तल पुगेको छ ।
‘भदौं २६ गतेदेखि यो सडकखण्डमा सवारी साधन पूर्ण रुपमा ठप्प भएको छ’ स्थानियले भने ‘सडक मर्मतको काम तिव्रगति हुन नसक्दा यात्रुहरुले हैरानी खेप्नु परेको छ ।’
भुकम्प साहायता आयोजना कार्यक्रम अन्र्तगत एसियाली बिकास बैक एडिबीको सहयोगमा तीन महिना अघिमात्र उक्त सडक खण्ड कालोपत्रेका काम सम्पन्न भएको थियो ।
लामो समयसम्म सडक अबरुद्ध भएपछि उक्त सडकखण्ड हुदै आवात–जावत गर्ने यात्रुहरु हिडेरै गन्तव्यसम्म पुग्नपर्ने बाध्यता रहेको छ ।
उक्त सडकको तार्के डाँडा खण्डमा पनि ठूलो पहिरो जाँदा गएको साउनमा समेत एकहप्ता भन्दा बढि सवारी आवागमन रोकिएको थियो ।
भुकम्पीय आपतकालीन सहायता परियोजना अन्तर्गत एसियाली विकास वैंकको ७० करोड रुपैयाँ र स्वीस सरकारको प्राविधिक सहयोगमा उक्त सडकखण्डमा पर्ने ३० किलोमिटर सडक कालोपत्रे भएको थियो ।
तर सडक कालोपत्रे भएको भएपनि पटक–पटक सडक अबरुद्ध हुदा यात्रुहरुले भने हैरानी खेप्नु परेको छ ।