गोरखा- लोक गित संगीतको फाटमा अहिले मौलिक र यथार्थपरक कहानिले भरिएको गित पनि सुन्न र हेर्न पाइन थालेको छ ।
यसको पछिल्लो उदाहरण हुन, सालको पात, बोल माया, गलबन्दी जस्ता गितले आफुलाइ मौलिक मात्र नभइकन साङितिक बजारमा निक्कै अब्बल र सफल पनि भए ।
जस्ले भल्गर र छाडा प्रकृतिका गित पछि पर्न थाले यहि मेसोमा अहिले नयाँ अर्को गितले पनि आफुलाइ मौलिकता गाउघरको तित्तो सत्यलाइ गीति शब्द र पर्दामा उतार्न सफल भएको छ ।
पछिल्लो समय चर्चामा रहेका गायक खेम सेन्चुरि र अर्कि बहुचर्चित गायिका सम्झना भण्डारीको सुमधुर स्वरमा सजिएको गितलाइ बिनोद बाजुरालीले म्युजिक एरेन्ज गरेका हुन ।
गितको हरेक शब्दले प्रत्येक दर्शक श्रोताको मन छुन्छ । आफ्नो जिबन संगिनी प्रिय लाइ बिहे गरेर ल्याएको केहि दिनमै छोडेर बिदेश जानु पर्ने तित्तो यथार्त कहानीलाई गित र भिडियोमा प्रस्तुत गरिएको छ ।
सोही गितलाइ जस्ताको त्यस्तै पर्दामा उठाउन पनि कलाकारले निक्कै मिहेनत गरेको देखिन्छ । बिनोद भण्डारीको कथा एवं निर्देशनमा बनेको भिडियोमा करन चैसिरले छायांकन गरेका हुन ।
प्रबिन भट्टको सम्पादन रहेको भिडियोलाइ उत्कृष्ट बनाउन नायक नायिकाले अत्यन्तै राम्रो अभिनय गरेको देखिन्छ ।
थुप्रै गितमा आफ्नो जिवन्त अभिनय मार्फत कैयौ दर्शकको नजरमा बस्न सफल गोरखालि चर्चित मोडल जुना गुरुङ्गको जिवन्त अभिनयले गितलाइ अझै मार्मिक बनाएको छ । नायिका जुनालाई साथ दिएका छन निर्देशक एव नायक बिनोद भण्डारीले ।
समग्रमा गित र भिडियो राम्रो बनेको छ छोटो समयमै गित लाखौ दर्शक श्रोताको मनमा बस्न सक्ने आकलन गर्न सकिन्छ ।
भिडियो