काठमाडाैं- गैरआवासीय नेपाली संघ (एनआरएनए )को अध्यक्षमा गोरखा फुजेलका कुमार पन्त विजयी भएका छन् ।
अर्का प्रत्यासी कुल आचार्यलाई पछि पार्दै पन्त एनआरएनएको दुईबर्षे कार्यकालका लागि अध्यक्षमा विजयी भएका हुन् ।
पन्त बिगत २० बर्षदेखि जर्मनीमा होटल लगायतका बिभिन्न ब्यबसाय सञ्चालन गर्दै आएका छन् ।
यस्तै एनआरएनएको महासचिवमा हेमराज शर्मा, कोषाध्यक्षमा पन्त समूहकै महेशकुमार श्रेष्ठ विजयी भएका छन् ।
निर्वाचनमा नेकपा निकटबाट पन्त र काँग्रेस निकटबाट आचार्यले प्यानल नै बनाएर चुनाव लडेका थिए ।
बिहीबार राति ११ बजेदेखि मतगणना सुरु भएको थियो । निर्वाचनमा दुई हजार ५७० मतदाता रहेकोमा २ हजार ३४० मत खसेको थियो ।