गोरखा बारपाक केन्द्रबिन्दु बनाएर विनाशकारी भूकम्प गएको चार वर्ष पूरा भएको छ ।
१२ वैशाख २०७२ बिहान ११ः५६ बजे गएको भूकम्पले गोरखामा ७१ हजार निजी घर, ४ सय ३३ विद्यालय, ७७ स्वास्थ्य चौकी, सयौं धार्मिक एवं ऐतिहासिक स्थल र खानेपानीका स्रोतमा क्षति पु¥याएको थियो ।
भूकम्पबाट ४ सय ७२ जनाले ज्यान गुमाएका थिए भने हजारौं घाइते भएका थिए । चार वर्षलाई फर्केर हेर्दा भूकम्पले क्षति पु¥याएको बारपाकमा पुनर्निर्माणको काम धेरै नै सकिएको छ ।
विनाशकारी भूकम्प जानुअगाडि बारपाक गएको कुनै पर्यटक आजभोलि त्यहाँ पुग्यो भने तीन छक्क पर्छन् । बारपाक गाउँ हो कि हैन ? आफंैमा द्विविधामा पर्छन् ।
पर्यटकले देखेको बारपाक गाउँको ढुंगाले छाएका एकनासका घर, ढुंगाले नै छापेर बनाइएको बाटो, सबै आँगनमा ढुंगा छापिएको मात्र होइन, बारपाक गाउँका गल्ली पनि ढुंगाले छापिएको देख्न पाउँदैनन् ।
लघु जलविद्युत्ले गाउँमा २४ घण्टा नै झलमल्ल हुन्थ्यो । अब भने बारपाक पहिलाको संरचनामा छैनन् ।
अहिले बारपाकमा परम्परागत रूपमा बनेका एकै खालका घर छैनन् । परम्परागत शैलीमा निर्माण भएका घरको सट्टा अहिले बारपाकमा भूकम्पप्रतिरोधी घर बनेका छन् ।
नीला जस्तापाताले छाएका र चिटिक्क परेका घरले गाउँको मुहार नै परिवर्तन गरिदिएको छ । घर बनेसँगै बारपाकका बासिन्दाको मुहारमा खुसी छाएको छ ।
१२ वैशाख सम्झनै नचाहने बारपाकवासीलाई बेलाबेला भूकम्पको झट्काले भने सताइरहन्छ । तर पनि बारपाकको परिवेश बदलिएको छ ।
खण्डहर बनेको सुन्दर बारपाक पुरानै परिवेशमा फर्किएको छ । विगतको पीडालाई बिर्संदै बारपार्कवासी सामान्य जीवनतर्फ अघि बढ्न थालेका छन् ।
विनाशकारी भूकम्पको केन्द्रबिन्दु रहेको गोरखाको बारपाक अब पुरानै अवस्थामा फर्कन लागेको छ । मनभरि जति पीडा भए पनि बारपाकवासीको त्यो पीडा बाहिरबाट बुझ्न सकिन्न ।
आफन्त गुमाउनेहरूमा पनि मुस्कान फर्किन थालिसकेको छ । भूकम्पले तहसनहस भएको बारपाकमा अहिले पुरानो पीडा बिर्सेर स्थानीय पुनः गाउँको विकासमा जुटेका छन् ।
शोकलाई शक्तिमा बदल्नुपर्छ भनेझैं बारपाकवासी अहिले कसरी पुनः पुरानै जीवनमा फर्कन सकिन्छ भन्ने खोजीमा छन् । धेरै बारपाकवासी पुरानै पेसामा फर्किसकेका छन् ।
बारपाकमा अहिले प्रत्येक घरमा केही न केही गरिरहेकै भेटिन्छन् । कोही घर पुनर्निर्माणमा जुटेका देखिन्छन् त, कोही पेसा व्यवसायमा ।
बारपाक एउटा प्राकृतिक सुन्दरताले भरिपूर्ण गाउँ हो । बारपाकमा धेरै पर्यटकीय तथा ऐतिहासिक सम्पदा छन् । बारपाक विश्वयुद्धमा भिक्टोरिया क्रस विजेता गजे घलेको गाउँपनि हो ।
भूकम्पले बारपाकमा १ हजार ४ सय ७० घरधुरी रहेकोमा झन्डै ९९ प्रतिशत घर भूकम्पले ध्वस्त भएको थियो ।
गाउँको कोटडाँडा, मान्द्रे गाउँ र अल्छी डा“डाका घरको जग कहाँ थियो, पत्ता लगाउनै गाह्रो भयो ।
समुद्र सतहबाट झन्डै २ हजार मिटर उचाइमा रहेको बारपाकमा ४० घरधुरी दलित र बाँकी झन्डै आधा जति घले थरका डाँगे, सामी, ध्यालसङ, रिलाङ र गुरुङ जातिका ४ र १६ जातजातिको बसोबास छ ।
गाउँमाथिको डाँडाबाट मनास्लु, बुद्ध र गणेश हिमालको रेन्ज हेर्न सकिन्छ ।
बारपाक पुग्ने पर्यटक यो ठाउँमा क्याम्पिङ गरी बस्ने गर्छन् । पुनर्निर्माण भएपछि बारपाकमा पर्यटक पुग्ने क्रम बढेको छ । सरकारले भूकम्पप्रभावित बारपाकवासीलाई अन्यत्रै बासस्थान खोजेर सार्ने प्रयास गरेको थियो ।
तर, बारपाकवासीले आफ्नो थातथलो छाड्न चाहेनन् । पुख्र्यौलीे र रगत–पसिना बगेको थलोको माया बारपाकवासीलाई छ । प्राकृतिक सुन्दरताले भरिएको बारपाकको संस्कृति उनीहरूको पहिचान हो ।
नेपालमा पर्यटक पुग्ने विरलै यस्ता गाउँहरू छन्, जहाँ विशेष पहिचानका सम्पदा छन् ।
बारपाक विशेष पहिचान भएको गाउँ हो । बुद्ध हिमालको काखमा रहेको बारपाकबाट नजिकै (पुचु डाँडार कङ) मनास्लु हिमालको शृंखला दृश्यावलोकन गर्न सकिन्छ ।
बारपाकमा अन्य जिल्लाको मात्र होइन, गोरखाको पनि बारपाकबाहेक अन्य गाउँका मानिसले घर जग्गा किन्न पाउँदैनन् । सेभेन सिस्टरका २१ वटा घरबास अर्थात् होमस्टे बारपाकमा सञ्चालित छन् ।
लघु जलविद्युत्बाट बारपाक गाउँलाई पुग्ने बिजुली उत्पादन भएको छ ।
मानिसद्वारा हलो जोती (गोरुले झंै) मकै छर्ने काम पनि बारपाकमा गरिन्छ । हङकङ, बु्रनाई, बेलायत बस्ने किन नहोस्, केटा वा केटीले गाउँकै केटा वा केटीसँग बिहे गर्नुपर्ने चलन बारपाकमा छ ।
भेंडाको मासुबाहेक अरू जनावर र पशुपक्षीको मासु घरबाहिर पकाउनुपर्ने परम्परा छ । राति १० बजेपछि हल्लाखल्ला र गाउने–बजाउने कार्य निषेध गरिएको छ ।
पाहुनालाई अँगेनोभन्दा अघि बढ्न र बस्न नदिने परम्परा छ । होमस्टेमा बस्दा १–२ गिलासभन्दा बढी रक्सी सेवन नगराउनेजस्ता कडा आचारसंहित बारपाकमा लागू छ ।
बारपाक द्वितीय विश्व युद्धमा जापानसँग ब्रिटिसको पक्षमा वीरताको पराक्रम देखाएका भीसी गजे घलेको जन्मथलो हो । उनले बर्माको एउटा डाँडामा शत्रु पक्ष अर्थात् जापानीसँग आफ्ना सबै साथी मारिँदा पनि एक्लै लडेर जापानलाई परास्त गरेका थिए ।
वैशाखे पूर्णिमा, साउने संक्रान्ति र पुस पन्ध्र धुमधामसँग मनाउँछन् भने दसैं र तिहारलाई कम महŒव दिन्छ । चाडपर्व मनाउन देशबाहिर रहेकाहरू गाउँ फर्कन्छन् ।
बारपाकको शिरान अर्थात् मनिडाँडामा एउटा चौतारी छ । जुन चौतारीलाई अल्छी चौतारी भनिन्छ ।
चौतारीमा काम नभएकाहरू जम्मा हुने र गफ गर्ने गर्छन् ।
बारपाकको उत्तरतर्फ गाई, भैंसी र भेंडा चरिचरणका लागि वनजंगल अर्थात् खर्क छ । बारपाकवासी भेंडा, बाख्रा, गाई र भैंसी पाल्ने तथा राडी, बक्खु र फुदुङ उत्पादन गर्छन् । फागुनदेखि कात्तिकसम्म लेक अर्थात् खर्कमाथि जाने र कात्तिकदेखि फागुनसम्म बेंसी (तल) गोठ राख्ने परम्परा छ ।
सल्लाहमा गाउँलाई दुई खण्डमा अर्थात् पूर्व—पश्चिममा विभाजन गरी हिउँदे बाली गहुँ, तोरी, जौ र बर्खे बाली मकै, धान पालैपालोमा लगाउने प्रचलन छ ।
हिउँदमा भेंडा, बाख्रा, गाई र भैंसीलाई गोठबारीमा छाप्रो बनाएर राखिन्छ । हिउँदमा खेती लगाउँदा गोरुको सट्टा मान्छेले जोत्ने चलन छ । किनभने गोरुले तीन दिन लगाएर बाली लगाउने ठाउँमा मान्छेले जोत्दा एकै दिनमा सकिन्छ ।
बारपाकमा मृतकहरूको शव गाड्न चिहानडाँडा छ । शव गाडेको चिहानलाई सिमेन्टेड मठका रूपमा राखिएको छ । सिमेन्टेड मठमा शिलालेख पनि राखिएको हुन्छ ।
शिलामा मृतक को हो ? उसले जीवनमा के काम ग¥यो ? सबै परिचय लेखिएको हुन्छ । चिहाननजिकै खुम्बे बौद्ध गुम्बा छ । त्यस क्षेत्रभन्दा अझ माथि वनभोज स्थल पनि छ ।
बारपाकमा पुगेपछि खानबस्न कुनै असुविधा हुँदैन । गाउँमा सञ्चालित होमस्टेले सबै पर्यटकलाई स्वागत सत्कार गरी होमस्टेमा आश्रय दिन्छ ।
पर्यटकलाई बारपाक प्रवेशद्वारमै बाजा बजाएर स्वागत गरिन्छ । होमस्टेमा बास बसेबापत आन्तरिक र बाह्य पर्यटकसँग छुट्टाछुट्टै शुल्क लिने गरिन्छ ।
बाह्य पर्यटकबाट एकरात बास, दुई छाक खाना र एक छाक नास्ताका लागि एक हजार लिने गरिन्छ ।
नेपालीका लागि त्यही प्याकेजमा प्रतिव्यक्ति सात सय र विद्यार्थीका लागि केही छुटसमेत दिइन्छ । शुल्क लिएबापत उनीहरूले स्थानीय परिकार खान दिने, मनोरञ्जन दिने र समूह बनाएर गाउँ घुमाउने गर्छन् ।
महिला समूह, युवा समूह र गाउँ समूहले समूह विभाजन गरी पर्यटकका लागि आवश्यक सेवा दिने गर्दछन् । बारपाकमा एक घरमा चार पर्यटक मात्र राख्ने गरिन्छ ।
होमस्टेमा पर्यटकले इच्छाअनुसार भेंडाको मासु र सिस्नुको तरकारीसँग ढिँडो खान पाउँछन् । मदिराका पारखीलाई चाख्नकै लागि मात्र गाउँमा बनाएको आधा गिलास रक्सी दिइन्छ । पर्यटकको खानापछिको समय भने बारपाकका युवा समूहले लिन्छन् ।
युवा समूहले पर्यटकलाई सांस्कृतिक कार्यक्रम देखाउँछन् । पर्यटकलाई युवाले रातको १२ बजेसम्म झाँकी, मारुनी नाच, घाटु नाच, लाहुरे नाच, तोमो, झाँक्री, मकै विवाह, तुक्लुङ, ठाडो भाकालगायतका गीत तथा नाच देखाएर मनोरञ्जन दिन्छन् ।
बारपाक पुग्ने पर्यटकले आफ्नो भ्रमणको समय लम्बाउन सके पुग्नैपर्ने ठाउँ हो नारद पोखरी । नारद पोखरी बारपाकबाट करिब १९ किलोमिटर उत्तरमा बुद्ध हिमालको काखमा छ । यो पोखरी १३ हजार ५०० फिटउचाइमा छ ।
नारद पोखरीमा प्रत्येक वर्ष जनैपूर्णिमाका दिन ठूलो मेला लाग्छ ।
जनैपूर्णिमामा पोखरीमा नुहाएमा छालाका दीर्घ रोग निको हुने र मागेको वर पाइने विश्वासले गोरखाको बारपाक, लाप्राक, सिम्जुङ, मुच्चोक, श्रीनाथकोट, जौवारी, स्वाँरासौरपानीलगायतबाट तीर्थयात्री हरेक वर्ष पोखरीमा पुग्छन् ।
नारद पोखरीको अर्को महŒवपूर्ण आकर्षण बाटोमा पाइने प्राकृतिक सुन्दरता हो । बाटोमा विभिन्न मनमोहक र बास्नादार फूलहरू पाइन्छन् । अन्य ठाउँमा नपाइने गोर्खाली फूल पनि बाटोमा देख्न सकिन्छ ।
आर्थिक विकासको एउटा मापदण्ड पर्यटन व्यवसाय हो । पर्यटन क्षेत्रको प्रचुर सम्भावना बोकेको बारपाकमा आन्तरिक तथा बाह्य पर्यटक भिœयाउन पछिल्लो समय पूर्वाधारको काम भइरहेको छ ।
प्राकृतिक मनोरम दृश्यहरू, हिमशृंखला, धार्मिक महŒवका स्थल, प्राकृतिक तथा भौगोलिक विविधताको बारपाकमा पर्यटक गाउँमा धेरै भेटिन्छन् ।
बारपाक मात्र होइन भच्चेक बजार, सिरानडाँडा, ओलाङ अजिरकोटलगायतका गाउँमा होमस्टे सञ्चालन हुन थालेको छ । पर्यटन प्रवद्र्धनका लागि बारपाक सुलिकोट गाउँपालिकाले गुरुयोजना बनाएको छ ।
भूकम्पको केन्द्रबिन्दुलाई पनि बेच्ने गरी पर्यटकलाई आकर्षण गर्न धेरै पूर्वाधारहरू निर्माण हुन लागेको छ । बारपाकमा भूकम्प स्मृति पार्क र भ्यू टावर निर्माण हुन लागेको छ । नेपालकै सबैभन्दा ठूलो झन्डा स्थापना भएको छ ।
देउरालीबाट सुलिकोट हुँदै थार्चोक, ठोटनेरीबाट धार्चे निकाल्न मनास्लु पदमार्ग निर्माण हुन लागेको छ ।
कहा“बाट जाने ?
काठमाडौं–बारपाक १७६ किमि । गोरखाको १२ किलोबाट बालुवा हुँदै बारपाक ४८ किमि । काठमाडौं नयाँ बसपार्कबाट बिहान ६ बजे छुट्ने बसले साँझ ४ बजे बारपाक पु¥याउँछ ।
नारायणघाटबाट जानेहरूले पृथ्वी राजमार्गको आवु खैरेनीबाट गोरखा जाने सडकमा मोडिने । गोरखा १२ किलोबाट मुख्य सडक छाडेर भित्री सडक पसेपछि सुरु हुन्छ बारपाकको बाटो ।
बाह्रकिलोबाट छेपेटार, भुसुने बजार हुँदै दरौंदीको तिरैतिर ४८ किलोमिटरको यात्रामा बारपाक पुगिन्छ । बारपाक जाने सडक निर्माणको काम भइरहेको छ । साना सवारी साधनबाट बारपाक जाने पर्यटकले फोर ह्वील गाडी प्रयोग गर्दा राम्रो हुन्छ । ल
पुर्खाले आर्जेको
दोस्रो विश्वयुद्धमा भिक्टोरिया क्रस (भीसी) पाएका गजे घलेको बारपाकमा उनकै नाममा संग्रहालय स्थापना भएको छ ।
गुरुङ र घले समुदायको घना बस्ती रहेको बारपाकमा पूर्खाले प्रयोग गरेको र अहिले लोप हुन लागेका परम्परागत सामग्री संकलन गरी संग्रहालयमा राखिएको छ ।
संग्रहालयमा गजे घलेको घरमा भेटिएको बन्दुक, सैनिक पदमा कार्यरत रहँदा घलेले प्रयोग गरेको सुट र अन्य सामग्री पनि छन् । वर्षौं पुराना सामग्री संकलन गरेर संग्रहालयमा राखिएको छ ।
परम्परागत सामग्री भावी पुस्तासम्मलाई देखाउन घलेको सम्मानमा संग्रहालय स्थापना भएको हो । संग्रहालय अवलोकन गर्न पुगेका पर्यटकले बारपाकको स्थानीय पहिचान झल्काउने डकुमेन्ट्री पनि हेर्न सक्छन् ।
संग्रहालय अवलोकन गर्न पर्यटकले शुल्क तिर्नुपर्छ । विदेशी पर्यटकलाई ५०, विद्यार्थीलाई १५ र अन्य व्यक्तिले २५ रुपैयाँ संग्रहालय प्रवेश शुल्कबापत तिर्नुपर्छ । अहिले बारपाक पुग्ने जो कोही संग्रहालय नछिरी फर्कंदैनन् ।
बारपाकका धेरैजसो युवाहरू ब्रिटिस र भारतीय सेनामा छन् ।
बारपाकका स्थानीय बासिन्दा लन्डन, हङकङ, भारत, काठमाडौं, गोरखा, नारायणघाट बसाइँ सरे पनि चाडपर्व र कूलपूजा आदिमा गाउँ फर्कने र गाउँलाई जीवन्त राख्ने गर्दछन् । बारपाकमा बौद्ध धर्मावलम्बी धेरै छन् ।
राजधानी दैनिकबाट साभार