काठमाडौं- १२ वर्षअिघको बम विस्फोट घटनामा कांग्रेस सांसद मोहम्मद आफताव आलमविरुद्ध किटानी जाहेरी दिएकाका परिवारहरू आफूहरूमाथि जतिबेला जे पनि हुन सक्ने त्रासमा छन्।
एक साताअघि पक्राउ परेका आलम कानुनी कारबाहीबाट उम्किए आफूहरूको ज्यान जोखिममा पर्ने भन्दै त्रासले पिरोलिएका हुन्।
रौतहट राजपुर फरहदवामा भएको विस्फोटमा छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंहलाई गुमाएका श्रीनारायण भन्छन्, ‘यतिका वर्ष अनेकन दबाब र धम्की सहेर न्यायका निम्ति लड्यौं। अब दोषी उम्के भने हामी बाँच्न पाउँदैनौं।’
श्रीनारायणको सरुअठस्थित घरमा शुक्रबार र शनिबार सादा पोसाकमा प्रहरी परिचालन भएको देखिएको खबर आजको कान्तिपुरमा जनकराज सापकोटा र शिव पुरीले लेखेका छन्।
पिन्टुसँगै मारिएका ओसी अख्तरको परिवारलाई पनि सुरक्षा दिन जिल्ला प्रहरी कार्यालयले सादा पोसाकमा सुरक्षाकर्मी परिचालन गरेको छ।