मान्बु (गाेरखा) – अारूघाट गाउपालिका-४, मान्बुमा नेपाली कांग्रेस लगायतका अन्य दल परित्याग गरी करिव २ सय जना युवा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।
दशै तिहार छठको अवसरमा नेकपा मान्बुले अायाेजना गरेकाे शुभकामना तथा चियापान कार्यक्रममा नेकपामा प्रवत्ता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरूले उनीहरूलाइ पार्टी प्रवेश गराएका हुन् ।
नेपाली कांग्रेस परित्याग गर्नेहरूमा वडा न १ को नेपाली कांग्रेसका वडा अध्यक्ष शेर बहादुर घलेको छोराहरु राजु घले र रमेश घलेको नेतृत्वमा २०० भन्दा बढी यूवाहरू कांग्रेस पार्टी परित्याग गरी नेकपा प्रवेश गरेका छन् ।
श्रेष्ठ सहित गण्डकि प्रदेश भौतिक तथा पुर्वआधार मन्त्रि तथा त्यस क्षेत्रका प्रदेश सांसद रामशरण बस्नेत, स्थानीय नेता कार्यकर्ता तथा जनताकाे उल्लेख्य उपस्थिति रहेको थियो।