काठमाडौं- खानी तथा भूभर्ग विभागले २६ वर्षपछि पुनः काठमाडौंमा प्राकृतिक ग्यास अन्वेषण गर्ने भएको छ।
विभागले टेकुको दोभानमा प्राकृतिक ग्यास अन्वेषण गर्ने तयारी गरेको हो।
अन्वेषणका लागि विभागले ५५ लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको छ।
एक अध्ययनअनुसार उपत्यकामा ५० हजार परिवारलाई २० वर्षसम्म खाना पकाउन पुग्ने प्राकृतिक ग्यास छ।