नेपाली रजतपटमा डेब्यु गरेकि साम्राज्ञी राज्य लक्ष्मी शाह नेपाली चलचित्र जगतको चर्चित अभिनेत्री हुन् । फिल्ममा आउनुअघि सुर्खाहरुमा नआएकि साम्राज्ञी अहिले भने संचारमाध्यममा छाहिरहेकि छिन् ।
उनै साम्राज्ञीले चर्चित म्यागेजिन ‘पार्टी नेपाल म्यागेजिन’ को कभरका लागि गरेको फोटोसुट चर्चामा आइरहेको छ । पार्टी नेपाल म्यागेजिन’ले लिएको अन्तर्वार्ताः
तपाईँले अभिनेत्रि हुने योजना बनाउनु भएको थियो कि फिल्म पाएपछि चलचित्र क्षेत्रमा आउनु भयो?
अवसर पाएपछि अभिनेत्रि भएकि हुँ ।
तपाईँको सबैभन्दा सन्तोषजनक फिल्म कुन हो ?
मारुनि ।
समाजिक संजालमा हुने बदमासि र गोपनीयता आक्रमणको कसरी सामना गर्नुहुन्छ ?
सबैभन्दा पहिले त ममा परिवर्तन आएको छ । म पहिले शुरुमा फेसबुक र इन्स्टाग्राम चलाउँथे तर अब होइन । म आजकल सोसल मिडियामा जान डराउँछु । मान्छेहरुमो मेरो बारेमा कुरा गरिरहेका हुन्छन् । मेरो परिवारको र व्यक्तिगत जिवनको बढाइचढाइका साथ कुरा गर्छन् । यो समाजले गर्दा म, म हुन सकिरहेका छुइन् ।
तपाईँको आगामी प्रोजेक्टहरुको बारेमा हामीलाई भन्नुहोस् न ?
मेरो ठूलो प्रोजेक्ट आउँदैछ । यो तयार नभएसम्म कसैलाई भन्न सक्दिन ।
नेपाली चलचित्रको चुनौति र सुझावहरु के के छन्?
सर्वप्रथम त, म भुवन केसीलाई धन्यवाद दिन चाहान्छु । उहाँको फिल्मबाटै मैले संभावनाहरु देखे ।
म मेरो कामलाई माया गर्छु । तर, यहाँ चुनौति थुप्रै छन् । तपाईँ जब यो क्षेत्रमा आउनुहुन्छ, तब यहाँका चुनौतिहरु देख्नुहुनेछ । हरेस नखाएर धैर्यता हुने हो भने सफलता टाढा हुदैँन ।
चलचित्र क्षेत्रको मनपर्ने व्यक्ति को हुनुहुन्छ ?
मलाई पक्षपात गर्न मन लाग्दैन ।
तपाईँको तीतो अनुभव सेयर गर्नुहोस् न?
म मेरो तीतो अनुभव भन्न चाहन्न किनकि यो लामो सूची छ जुन म समात्न चाहन्न । म आगामी दिनकालागि मात्र सोच्ने गर्दछु ।