काठमाडौं- बेलायतमा गरिएको एक अनुसन्धान अनुसार शरीरमा स्तन क्यान्सर हुनुभन्दा पाँच वर्ष पहिले नै यसको पहिचान गर्न सकिने छ।
यसबाट विशेष गरी स्तन क्यान्सरबाट पीडित हुने महिलाहरुलाई राहत मिल्ने खबर आज शुक्रबार प्रकाशित हुने साप्ताहिकले छापेको छ।
अनुसन्धानकर्ताहरुले स्तन क्यान्सरको उपचार गराइरहेका ९० जना र पूरै स्वस्थ ९० जना महिलाको रगतको नमूना संकलन गरेको थियो।
त्यसैगरी उनीहरुले अब ८ सय बिरामीको नमूनासमेत ल्याएर पहिले गरिएको परीक्षणलाई प्रमाणित गर्ते तयारी गरिरहेका छन्।
नटिंघम विश्वविद्यालयका विद्यार्थीले यसबाट विशेष गरी विकासोन्मुख तथा गरिब देशका महिलालाई फाइदा हुने बताएका छन्।
विश्व स्वास्थ्य संगठनका अनुसार प्रत्येक वर्ष करिब २१ लाख महिला स्तन क्यान्सरको सिकार हुन्छन्।
गत वर्ष स्तन क्यान्सरको कारण विश्वभर ६ लाख २७ हजार महिलाको मृत्यु भएको थियो।