काठमाडौं– दिनप्रतिदिन महँगो बन्दै गएको प्याज चीनबाट भित्रिन थालेपछि मूल्य घटेको छ।
प्रतिकिलो २ सय ५० रुपैयाँको हाराहारीमा पुगेको प्याजको मूल्य घट्न थालेको हो।
कालिमाटी फलफूल तथा तरकारी बजार समितिका अनुसार सुकेको प्याजको थोक मूल्य १ सय ५० रुपैयाँ छ।
भारतले प्याज निर्यातमा रोक लगाएपछि नेपालीमा बजारमा अभाव हुन थालेको प्याजको खुद्रा मूल्य गत आइतबार २ सय थियो भने सोमबार १९० रुपैयाँ कायम थियो।
अहिले १ सय ८० सम्म झरेको कालिमाटी फलफूल तथा तरकारी बजार समितिले जनाएको छ।
चीनबाट आयात प्याज कालिमाटीसम्म आइपुग्दा प्रतिकिलो ८० रुपैयाँ पर्न आउँछ।
,भारतबाट आयात बन्द भएपछि प्याज चीनबाट ल्याउन थालिएको हो।