काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार र पार्टीको ध्यान सामुदायिक विद्यालयको पूर्वाधार र शैक्षिक गुणस्तरको अभिवृद्धि गर्नेतर्फ रहेको बताएका छन्।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले आफूहरुको घोषणापत्रमा नै प्रविधिमैत्री शिक्षा बनाउने उल्लेख गरेको र राष्ट्रिय शिक्षा नीतिलाई अन्तिम रुप दिने क्रममा रहेको जानकारी दिए।
आइतबार काठमाडौंको दहचोकमा श्रीकृष्ण माविको भवन उद्घाटन गर्दै उनले शिक्षा क्षेत्रको सुधार नगरेसम्म समृद्धि र विकासको सपना पूरा हुन नसक्ने बताए।
व्यावसायीक शिक्षा निर्माणमा अघि बढ्नुपर्नेमा जोड दिँदै उनले शिक्षामा निजी क्षेत्रलाई निषेध गरेर नहुने बताए।