संसार कहाँ पुग्यो, ज्ञान बिज्ञानको आविष्कार कहाँ पुग्यो, हामी नेपालीहरुको चेतना स्तर कहिले सुध्रेला खै !
सर्वसाधारणको हैसियतले न बाबुराम चिनिन्छ न रबिन्द्र, न त शुसिला कार्की नै तर यति चाहिँ थाहा छ कि बाबुराम भट्टराई, रवीन्द्र मिश्र या शुशिला कार्की, आ(आफ्नो क्षेत्रमा नेपालका उत्कृष्ट, अब्बल र सक्षम व्यक्ति भने पक्कै हुन ।
सक्षम नेतामा हुनुपर्ने योग्यता बाबुरामसँग छ। PHD in architect engineer, PHD in regional development and PHD in economic and political science. त्यो पनि गलष्खभचकष्तथ तयउ कुनै विद्यार्थी उतीर्ण हुनु र सर्वोत्कृष्ट हुनुको फरक पनि बुझ्नु पर्दछ। मलाई लाग्दैन कि नेपालमा वा एसियामा नै अन्य पात्र र व्यक्ति बाबुराम बराबर होलान ?
जनताको अधिकार प्राप्तिको लागि, एक्यवद्धता जनाउदै त्याग बलिदानको संर्घषरत राजनीति, यात्रा पार गर्दै शान्ति प्रक्रिया हुँदै, लोकतान्त्रिक चरणमा अर्थमन्त्री, प्रधानमन्त्री र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान बनाउन महत्त्वपूर्ण भुमिका संबैधानिक राजनीतिक संवाद तथा सहमति समितिको हैसियतले संविधान जारी गरि समृद्धिको स्पष्ट मार्गचित्र दिने ब्यक्ति हुन ।
यति देखेर बिरोधीहरुलाई ज्वरो नै आउँछ भने आओस् ।
बाबुरामले गरेको राम्रो कामको तारिफ गर्दा गुण र दोषको आधारमा सकारात्मक कामको सम्मान र नकारात्मक कामको आलोचना गर्दा अन्धभक्त को नाम दिन्छन् भने दिउन न त बाबुरामका बिरोधहरु पनि त झन महा अन्धभक्त सरह नै भए नि नत्र किन आफ्नो समय निकाली निकाली बाबुराम भट्टराईको बारेमा स्टाटस लेख्छ्न् तथानाम गाली गर्छन्,।
यदि मन पर्दैन भने उसको बारेमा सोचेर, उसको बारेमा लेखेर किन आफ्नो समय खेर फाल्नु । यस्ता चाहिँ महा झोले अन्धभक्त होइन र ?
निणायक ब्याक्तित्वहरु भनेको योगदान, बलिदान, योग्यता, क्षमता, निष्ठा इमान्दार र प्रतिभा बोकेका अनि संबैधानिक अंगहरु, कार्यपालिका न्यायपालिका र ब्यबस्थापिका सम्बन्धि राम्रो सँग बुझेका विद्वान ब्यक्तिहरुको नै कदर र चयन गर्नुपर्ने होइन र ? बिरोध गर्नेहरूले विकल्प पनि त दिनु पर्ला ।
नेपालका राजनीतिक नेता र झोले कार्यकर्तामा कुनै खास विद्या, ज्ञान, पेशा, विज्ञता वा राजनीतिक सुसंस्कार रहेका पाईएन, जहिले पनि विद्यमान राजनीतिक संरचना र व्यवस्था भत्काउने सीपमा मात्र सिमित भएर नेपालका कथित ठूला भनिएका पारदर्शीता र जबाफदेहिता कत्ति नभएको नेताको पछि लाग्ने अनि बिगतका ईतिहासका आधारमा पुरानालाई नै निर्वाचित गराउने संस्कार भएकोले नेपाल चाडै बिकास र समृद्धि आउँला भन्ने आधार र विश्वास छैन ।
आज भन्दा २५०० बर्ष अगाडि जन्मेका सिद्धार्थ गौतम बुद्ध कुनै दिन आफ्नै बाबु र आमाको बिस्वस्नियताबाट समेत टाढा थिए रे !
आज तिनै गौतमबुद्दको आज बिश्वको ७ अर्ब जनसंख्या मध्य २ अर्ब जनसंख्या बुद्धको अनुयायी छ्न् यथार्थ बुझ्न् समय पहिला लाग्थो त्यति बेला चेतना र सञ्चार त्यस्तैथियो, अब बिज्ञान र प्रबिधिको तीब्र बिकासले धेरै समय लिदैन ।
युद्ध र आन्दोलनबाट आएका बाबुराम कसरी रुपान्तरण हुन सक्छ भन्ने उदाहरण इतिहास साची छ । अध्यनले नै यहि देखाउछ भारत बर्षका शक्तिशाली सम्राट अशोक अहिलेको जुन भारत छ त्यसलाई एकीकृत गर्ने काम उनले गरेका थिए ।
लाखौं मान्छेको हत्या भएको थियो पछि तिनै सम्राट अशोक बुद्धमार्गी भए शान्तिका सबैभन्दा ठुला दुत भएपछि नेपालमा समेत आएर गौतम बुद्धको जन्मथलो लुम्बिनीमा अशोक स्तम्भ खडा गरेर शान्तिका सबैभन्दा उदाहरणिय ब्यक्ती उनै भए ।
इतिहासले के देखाउछ भने जसले निष्ठापुर्वक स्पष्टमार्ग चित्र लिएर अगाडि बढ्छ उसले कहिले क्रान्तिको नेतृत्व गर्छ कहिले शान्ति, बिकास र समृद्धिको नेतृत्व गर्छ, यहि गर्व गर्न लायक एकब्यक्ति हुन बाबुराम ।
देशमा आन्तरिक उत्पादन छैन निर्यातभन्दा आयात १५ गुणा बढेर धान्न नसक्ने जुन अवस्था छ, त्यसलाई अन्त्य गर्नेतर्फ कुनै कसैको बहस छलफल हुदैन कसैले तदारुकता देखाउदैन ।
समृद्धिका नारा फगत कागजमा मात्रै रेल, पानीजहाजका ठूला कुरा गरिए तर सामान्य घरदैलाका सडक, कुलो सिंचाइ बनाउने, खानेपानी वितरण गर्ने, अकाशिदो महँगी नियन्त्रण गर्ने काममा कसैको ध्यान छैन, कसैले केही नयाँ गर्न खोज्यो, षड्यन्त्र गरेको बदनाम गरेको छ।
पत्रकार रबि लामिछाने संचालन गर्न लागेको कार्यक्रम Tha Leader को बिरुद्ध र निणायक मण्डल बिरुद्ध न्वारानको बल लगाएर टुप्पी कसेर अन्धाधुन्ध बिरोध गरेको देख्दा लाग्यो हाम्रो चेतनाको स्तर बिश्वमा नै शन्यू रहेछ ।
यो गाली गलौचको भाषा प्रयोग गर्नेहरु बैज्ञानिक प्रबिधी युक्त ५० औं हजारको मोबाईल लिने तुच्छ बचन बोल्ने भन्दा सकारात्मक सोच राखेर पछिल्लो ज्ञान र बिज्ञानको आबिस्कारले के पुष्ठि गरेको छ अध्ययन गरियोस ।
मित्रहरू आफुलाइ २१औ सताब्दिको चौथो औद्योगिक क्रान्तिको युगको मानव भन्ने तर सोच दानबको नराखियोस। बिश्व मित्रहरू, ब्रह्माण्ड नै गतिशील छ, तपाईको सोच र चिन्तन सकारात्मक रुपले निरन्तर गति लियोस ।