गोरखा– अजिरकोट गाउँपालिका विगत केही समय यता गाउँपालिका केन्द्रको विषयमा अत्यन्तै चर्चामा आउन थालेको छ ।
गाउँ कार्यपालिकाको बहुमतको दम्भको आड्मा जग्गा विवाद भन्दै पालिका केन्द्र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को कानुनी बाटो विपरीत गई भुमाफियाहरुको मिलेमतोमा सार्न लागिएको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अजिरकाेटले डेलिकेशन बुझाएको छ ।
नेपाल सरकारद्वारा राजपत्रमा प्रकाशित गरी केन्द्र तोकिसकेको र निर्विकल्प केन्द्रको रूपमा भच्चेक बजार रहँदै आएको तथा स्थानीय निर्वाचन भएको पनि ३३ महिना भइसकेको अवस्थामा हाल आएर गाउँ कार्यपालिकाको बहुमतको दम्भको आड्मा जग्गा विवाद भन्दै पालिका केन्द्र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को कानुनी बाटो विपरीत गई भुमाफियाहरुको मिलेमतोमा सोही गाउँपालिकाको अन्यत्र सार्न खोजिएको नेकपा अजिरकाेटकाे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेकपा अजिरकोटका अध्यक्ष सनिल परियारद्वारा हस्ताक्षरित उक्त ज्ञापन पत्रमा भनिएको छ ‘विगत ३५ महिना पहिले नेपाल सरकारद्वारा केन्द्रको विषयमा राजपत्रमा प्रकाशित गरी सकेको र निर्विकल्प केन्द्रको रूपमा भच्चेक रहँदै आएको, सम्पूर्ण पूर्वाधारहरू समेत तयार भइरहेको समयमा गाउँपालिका भुमालिएकाे पन्जामा परि केन्द्र सार्न लागेको जनाएको छ ।
भनिएको छ- ‘भौगोलिक हिसाबले पनि केन्द्र भागमा पर्ने चिरपरिचित ऐतिहासिक भच्चेक बजारबाट स्थानीय निर्वाचन पश्चात् जनतालाई सेवा दिने काम समेत ३३ महिना यता भइरहेको अवस्थामा हाल आएर गाउँ कार्यपालिकाको बहुमतको दम्भको आड्मा आ-आफ्ना अभीष्ट पूरा गर्ने दाउमा जग्गा उपलब्ध नभएको वा विवाद भन्दै विभिन्न भू-माफिया दलालहरूको मिलेमतोमा गाउँपालिका केन्द्र स्थानीय सरकार सञ्चालन ऐन २०७४को कानुनी बाटो विपरीत गई तल माथि सार्न खोजिएकोमा नेकपा अजिरकोटकाे गम्भीर ध्यानाकर्षण भएको छ ।’
ध्यानाकर्षण पत्रमा भनिएको छ ‘यस विषयमा सबै पक्षको सर्वपक्षीय आवश्यक छलफल नै नगरी नेपाल सरकारको मन्त्रिपरिषद् निर्णयबाट गाउँपालिकालाई उपयुक्त हुने साबिकको हंसपुर गाविस वडा न ४ को मान्दै सामुदायिक बनको कित्ता न ७ को १७ रोपनी जग्गा लालपुर्जा सहित उपलब्ध गराउने प्रक्रिया अन्तिम चरणमा पुगेको अवस्थामा उक्त प्रक्रियालाई बेबस्ता गरी जनताको आवश्यकतालाई दुर्गगामी असर पर्ने र जनताको मर्म र भावना विपरीत हुने निर्णयले भविष्यमा अनिष्ट समेत आउन सक्ने कुरा स्पष्ट छ ।’
गाउँपालिकाको केन्द्र भच्चेक बजारबाट दायाँबायाँ हुन नसक्ने भन्दै नेकपा अजिरकाेटले भनेको छ ‘गाउँपालिकाकाे सरकारलाई विभिन्न विकल्प सहित जनताको हित र सुलभतालाई ध्यानमा राखी अगाडी बढ्न आग्रह गर्दछौँ ।’
आइतबार नेकपाका प्रदेश सदस्य दीपक देवकाेटासहितकाे टोलीले गाउँपालिकाको उपाध्यक्ष चन्द्रमाया गुरुङलाई ध्यानाकर्षण पत्र बुछाएकाे छ । पत्र बुझ्दै गाउँपालिका उपाध्यक्ष गुरुङले अजिरकाेटकाे विषयमा सबै पक्षलाई साथ लिएर अगि बढ्ने भन्दै उचित स्थानमा केन्द्र सार्न बताइन् ।
सम्बन्धित समाचार
अजिरकाेट गाउँपालिकाकाे केन्द्र सार्न ‘चलखेल’
अजिरकाेट गाउँपालिकाकाे केन्द्र भच्चेक बजारकाे विकल्प छैन : नारायणकाजी श्रेष्ठ
अजिरकाेट गाउँपालिकाकाले भन्याे- ‘भच्चेक बजारमा जग्गा नपाएपछि केन्द्र नम्किमा सार्न लागिएकाे हाे’
अजिरकोट गाउपालिका केन्द्र विवाद : जनप्रतिनिधि सहित नेकपाले बुझायो ज्ञापन पत्र