पोखरा- गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले सहकारी समृद्धिसंग जोडिनु पर्ने बताएकि छिन् ।
सहकारीहरुको छाता संगठन कास्की वचत तथा ऋण सहकारी संंङघ लिमिटेडको १९ औं बार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले सहकारीमा संकलन भएको रकम ऋणमा नभई उत्पादन क्षेत्रमा लगानी गर्नुपर्ने बताइन् ।
समाजका गरिवीको रेखामुनी रहेको वर्गलाई सहकारीको माध्येयबाट माथि उठाउन सहयोग गर्नुपर्नेमा जोड दिंदै उनले एक सहकारी एक उत्पादनलाई कार्यान्वयनमा ल्याउनु पर्ने आवश्यकता रहेकाे बताइन् ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई सफल बनाउन सहकारीको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उनले सिंचाई, पर्यटन, कृषि लगायतका क्षेत्रमा लागनी गरेर उत्पादन क्षेत्रमा जोड दिनुपर्ने बताइन् ।
साधारण सभाले संस्थाका अध्यक्ष सुदिप ढकालद्धारा प्रस्तुत वार्षिक प्रतिवेदन, कोषाध्यक्ष नारायणप्रसाद आचार्यद्धारा आर्थिक प्रतिवेदन पारित गरेको थियो । संस्थामा हाल २७६ संस्था आवद्ध रहेका छन् ।