युएई- गोरखा सेवा समाज युएईले आठौ”वार्षिकोत्सब मनाएकाे छ ।
स्वदेश तथा बिदेशमा रहेका नेपालीको ध्यान नेपाल भ्रमण बर्ष २०२० कार्यक्रम भइ रहदा गोरखा सेवा समाज युएईले पनि आफ्नो वार्षिकोत्सबको अबसर पारेर नेपाल भ्रमण बर्षकाे अवसरमा बृहत् बनभोज कार्यक्रम सम्पन्न गरेको हाे ।
संयुक्त अरब इमिरेट्सको विकसित सहर दुबई स्थित मुश्रीफपार्कमा समाजको वार्षिकोत्सबको साथ भ्रमण बर्ष २०२० को प्रचारात्म कार्यक्रम गरिएको हो।
कार्यक्रममा सहभागी हुनेहरु नेपाली पोशाकको साथ, भिजिट नेपाल २०२० लोगो, गोरखा सेवा समाज युएईको लोगो अङ्कित टिसर्टमा सहभागी थिए।
कार्यक्रममा गोरखाली र गैर-गोरखाली गरि ५ सय भन्दा बढिको सहभागीतामा औपचारिक कार्यक्रम गोरखा सेवा समाज युएईका प्रवक्ता शंकर लामिछानेले संचालन गरेका थिए ।
कार्यक्रमको समापन समाजका अध्यक्ष प्रकाश बन्जराले आमन्त्रित प्रमुख अतिथि, बिशेष अतिथि, अतिथि, उपस्थित संघ संस्थाका प्रमुख , प्रतिनिधि, बुद्धिजीवीले कार्यक्रमलाई भब्य र सभ्य रुपमा सफल पार्न महत्त्वपूर्ण भुमिका खेल्नु भएकोमा गोरखा सेवा समाज युएईको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गर्दै औपचारिक कार्यक्रम समाप्त भए लगत्तै नेपाली स्वादिष्ट परिकारका खाना र सांस्कृतिक कार्यक्रम संचालन संचालन गरि वार्षिकोत्सब नेपाल भ्रमण बर्ष २०२०को सफलताको लागि आ-आफ्नो क्षेत्रबाट सहयोगको अनुरोध गर्दै कार्यक्रम समापन भएको थियो ।