काठमाडाैं- पुरानो प्रविधि र कर्मचारीको सेटिङका कारण बदनाम नेपालको अध्यागमनमा प्रविधिगत रूपमा ठूलो सुधार भएको छ ।
पहिलोपटक अध्यागमनमा आफ्नै सफ्टवेयर जडान गरिएको छ भने हरेक यात्रुको रेटिनासहितको विवरण राख्न थालिएको छ ।
करिब १५ करोड रुपैयाँ खर्च गरेर अध्यागमन विभागले आफ्ना कार्यालयमा नयाँ प्रविधि जडान गरेको खबर अाजकाे नयाँपत्रिकामा छ।
प्रधानमन्त्री केपी ओलीले सोमबार जडान गरिएका प्रविधिको उद्घाटन गर्दै छन् ।
‘अब नेपाल पोर्ट नामक आफ्नै सफ्टवेयर बनाएका छौँ,’ अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले भने, ‘यसअघि हाम्रो डाटासमेत सफ्टवेयर कम्पनीको नियन्त्रणमा हुने अवस्था थियो, अब पूर्ण रूपमा हाम्रै कर्मचारीले यसलाई चलाउने छौँ ।’ विभागले यसका लागि केही इन्जिनियर भर्ना गरिसकेको छ । ६ महिनाअघिसम्म अध्यागमनका सबै डाटा निजी कम्पनीको कब्जामा थियो ।
कागजपत्र नक्कली भए तत्कालै पत्ता लाग्ने
शंका लागेका कागजपत्र चेक गर्ने एफडियू ल्याबसमेत स्थापना गरिएको छ । यसबाट नक्कली पासपोर्ट, भिसा तथा कागजपत्र नक्कली भए तत्कालै पत्ता लाग्ने छ ।