काठमाडौं- चल्ला नष्ट गरेको डेढ महिना नबित्दै बजारमा कुखुराको मासु अभाव भएको छ।
बजारमा अभावको मौका छोपी व्यवसायीले हालसम्मकै उच्च किलोमै ४ सय २० रुपैयाँमा मासु बेचिरहेका छन्। माग धान्न भारतबाट समेत मासु तस्करी हुन थालेको जानकारहरू बताउँछन्।
भारतको तुलनामा नेपालमा मासु महँगो भएकाले तस्करी सुरु भएको उनीहरूको भनाइ छ। सस्तोमा ल्याएर महँगोमा बिक्री गर्न पाइने भएको यस्ते भएको सरोकारवालाहरू बताउँछन्।
‘कुखुरा आयात गर्दा क्वारेन्टाइन र अन्तर्राष्ट्रिय स्वास्थ्य प्रमाणपत्र चाहिन्छ। तर थिएन,’ कार्यालय प्रमुख श्रीराम अधिकारीले भने, ‘५ गाडीमा नियन्त्रणमा लिएर नष्ट गरेका हौं।’ नेपालको तुलनामा भारतमा कुखुराको मासु किलोमै ४० रुपैयाँसम्म सस्तो रहेको राष्ट्रिय कुखुरा व्यवसायी संघको भनाइ छ।
सस्तो हुँदा बढी मुनाफाकै लागि अवैध रूपमा आउन थालेको संघका अध्यक्ष जगबहादुर बीसीले बताए। तस्करीकै कारण स्वदेशी उद्योग धराशायी भएको संघका उनले बताए।
‘सबैभन्दा ठूलो कुरा मूल्य हो। यता महँगो हुँदा तस्करहरू खेल्न थालेका छन्,’ अध्यक्ष बीसीले भने।