गणतन्त्र, संघीयता, समावेशीको जन्मदाता क्रान्तिको महानायक प्रचण्ड र बाबुराम यो दुई नाम कुनै दिन मह-जोडीको झै लाग्थ्यो । सम्पुर्ण जनताको मन पनि जितेकै थिए। तर दुई बिचको बिचार मिल्न छाड्याे, केही खल्लो त लाग्छ नै ।
राजनितिले राजनैतिक संघर्ष खोज्छ हामी आत्तिनु हुदैन हामिले हार्नलाइ केही पनि छैन तर जित्नलाइ सिङो राष्ट्र छ,हामी एककदम माथी उठेका छौ।
अर्को कदमको लागि अझै संघर्षको जरुरी छ भन्ने तपाईहरु नै हो,अनि आज कहाँ छौ प्रचण्ड/ बाबुराम ?
अज्ञानता र प्रतिसोधका कारण कोहि मानुन या नमानुन तर पनि सत्य सत्यनै हुने गर्छ आफ्नो सामार्थ्य अनुसार हरेक क्षेत्रमा तपाईंहरुको योगदान अतुलनीय छन तर एकदुईजनाले मात्रै सोचेर,गरेर देश भनेको जस्तो बिकास नहुने रहेछ ।
माओवादीको महान दशवर्षे जनयुद्धबाट पनि जनवाद ल्याउन सकिएन गणतन्त्र नै सही भन्ने अर्थमा प्रचण्डको नेतृत्व र बाबुरामको बौद्धिक क्षमताले सम्झौता गरेर त्यहाँ आइपुगेका थियौ ।
त्यो परिस्थितिमा संघीय लोकतान्त्रिक गणतन्त्रको बारेमा जति छलफल,विमर्श हुन्थ्यो, के अहिले बिकास र समृद्धिको बारेमा छलफल गरेका छौ त ! अब र सच्चिने कि ? सक्किने ?
एकचोटी शान्त मनले सोच्नुस त के हिजोको दशबर्से महान जनयुद्ध हाम्रा हजारौ बा-आमा आफन्तहरु गुमेका के यहि बेरोजगारी गरिबीको अनि युवा वैदेशिक पलायनको लागि थियो त ?
माओवादीको एउटा हागो पाच चिरा पर्नको लागि थियो त जनयुद्ध??अहिले पनि लाखौ जनताहरु सिटामोल किन्ने हैसियत छैनन हुम्ला जुम्ला र भित्रि तराइका गरिबहरु शित लहर र चिसो ले तडपीएर जिऊदै मरिरहेका छन।
अस्पतालमा हजारौ गरिबहरु राम्रो ऊपचार नपाएर मरिरहेका छन माओवादी शान्तीप्रक्रियामा आएको १५ बर्ष खै त अवस्था बदलिएको ।
पटक पटक सरकार फेरिए मन्त्री फेरिए सासंद फेरिए तर जनताको जीवन स्तर उहीँ छ,राजनीति गर्नेले काम पाए तर जनताले राहत पाएनन्।
बन्द उधोग खुलेनन् र नेताहरुले आफ्नै हकमा धेरै निर्यण गर्न थाले ,के जनताको झुपडिमा सुख र शान्ती को दियो बल्यो त?
यो स्थित रोक्न उदारवादी लोकतान्त्र र राज्यकेन्द्रित समाजवाद भन्दा माथि उठेको बाम-लोकतान्त्रिक बिचार सहिको नेतृत्व आवश्यक छ ।अब विकल्प खोजौ।
यसैमा अल्झिदा प्रत्येक बर्ष खरबौको ब्यापार घाटा, दसौं लाख युवा जनशक्ति बिदेश पलाएन भए ।
पार्टीलाई माक्र्सवाद, लेलिनवाद र माओवाद पद्धतिमा ढाल्नु भन्दा अहिलेको युगको आवश्यकता के हो त्यो आधारमा स्पष्ट मार्गचित्र बनाएर जिम्मेवारी दिनुहाेस ।
पहिलो नीति अनि नेतृत्व गर्ने नेता सुध्रिनु पर्छ नत्र अहिलेको शासन प्रणाली नै खतरा पर्न सक्छ नेपाली जनता नेताहरुको आर्थिकभार बोक्न नसक्ने भए स्थानीय सरकारको ज़्यादती सहन नसक्ने भए केहि मुठ्ठिभर कर्मचारी बाहेक आम कर्मचारी र आम नेपाली जनता अहिलेको शासन ब्यबस्था को बिकल्प खोज्न सुरु गरिसके के गर्छौ अब बाबुराम/ प्रचण्ड ?
कमजोरी धेरै देखिएको छ सुधारेर अघि बढ्नुपर्छ बाबुराम र प्रचण्ड सिङ जुधाएर हैन हात मिलाएर अघि बढ्दा राम्रो होला। सत्य ,इमानदार र प्रतिष्ठित व्यक्तिहरु एकले अर्कालाई एक अौला ठडाउदा तीन अौला अाफु तिर तेर्सिन्छ थाहा होला नि ?
अलिकति बाचेको इज्जत माटोमै जाला मनन गरियोस।
समाजबादी सपनाहरू पनि चाँडै पूरा होस स्वसित उत्पीडित जनतालाई बिकृती बिसंगती र सामन्तबादी युगबाट राम्रो संग छुटकारा गरीदिनु।
बोल्ने र बिरोध गर्ने काम जनताको हो,नेताले त राष्ट्रिय/अन्तर्राष्ट्रिय एजेन्डाहरुमा निडर भयर बोल्न सक्ने र स्पष्ट दृष्टिकोण दिई, समस्या समाधान गर्न सक्ने हुनुपर्छ होइन र ?
बिकास र समृद्धिको एजेन्डा बोक्ने नेता/कार्यकर्ता लाल सामन्तमा परिणत हुन खोज्ने यो हाम्रो व्यवहार अन्ततः प्रतिक्रान्तिको डरलाग्दो संकेत त होइन ?
अबको प्रतिस्पर्धा मुलुक भित्र नभइ बाहिरी देशहरुसङ्ग गरिनुपर्छ त्यो पनि सकारात्मक भिजन बिकासका लागि बिकसित सोचाइले, यसका लागि हामी नेपाली भित्र राष्ट्रिय एकतामा जनताको आवज वा मौनता एक बनाउनु पर्ने चुनौती मुख्य देखिन्छ।
यो जो कोहिले मिलाउन सक्दैनन् केबल बाबुराम/प्रचण्डबाट मैले सम्भब देख्छु, यसमा सबैले साथ दिनुपर्छ।
शक्तिशाली ब्याक्तित्वहरु संगसङै मिलेर अहिलेको युग सुहाउँदो राजनीतिक बिचार धारा लिइ , बिकास र समृद्धिको साथै जनबादी संस्कृतिको मुल्यबोध गर्न सकोस।
समाजबाद तर्फ लम्किएको तपाइहरुको नेतृत्व र नीति जनयुद्ध जस्तै सफल बन्न सकोस् अब सच्चिने या सक्किने आफै निणय गरियोस् !