काठमाडौं- आज (साेमवार) सुनको मूल्यमा १५ सयले वृद्धि भएको छ ।
हिजो (आइतबार) ७८ हजार ८ सयमा कारोबार भएको सुन आज १५ सयले वृद्धि भएर ८० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
योसँगै सुनको मूल्यमा नयाँ इतिहासले रेर्कड बनाएको छ ।
त्यसैगरी आज तेजाबी सुन तोलाको ८० हजारमा कारोबार भइरहेको महासंघले बताएको छ ।
आजका लागि चाँदीको मूल्य प्रतितोला ९ सय २५ रुपैयाँमा कायम छ । अहिले अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेको छ ।