काठमाडौँ- अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले सेयर बजारको उतारचढावलाई व्यक्ति विशेषसँग जोडेर हेर्न नमिल्ने बताएका छन् ।
मन्त्रिपरिषद्का निर्णयहरु सुनाउन आयोजित पत्रकार सम्मेनलमा बोल्दै मन्त्री खतिवडाले आफ्नो काम लगानीकर्तालाई लगानी गर्ने अवसरसम्म पुर्याइदिने र बाँकी लगानीकर्ताहरुको जिम्मा भएको बताए ।
मन्त्री खतिवडाले पछिल्लो दुई वर्षमा सेयर बजारमा धेरै नै सुधार भएको बताए। अहिलेको जतिको सुधार यसअघि कहिल्यै नभएको मन्त्री खतिवडाले दाबी गरे।