काठमाडौं- एनआईसी एशिया बैंक लिमिटेडले होली पर्वलाई लक्षित गरी यस बैंकका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूका लागि विशेष योजना अघि सारेको छ ।
यस योजनाअन्तर्गत मोबाइल बैंकिङ्ग प्रयोग गरी २०७६ फागुन २६ र २७ गते कारोबार गर्दा २०० जना भाग्यशाली ग्राहकहरूले १०० प्रतिशत वा अधिकतम पाँच हजारसम्म नगद फिर्ता प्राप्त गर्न सक्ने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले जानकारी दिएका हुन् ।
बैंकले ल्याएको निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ्ग सेवा सुचारु गरी दैनिक मोबाइल रिचार्ज, विद्युतीय महसुल भुक्तानी, हवाई टिकट, होटल तथा रेष्टुरेन्टहरूमा छुट, विभिन्न अवसर तथा चाडपर्वका बेला बैंकले ल्याएका छुट अफरहरू आदिको उपयोग गरी ग्राहकहरूले पर्याप्त फाइदा उठाउँदै आएको उनले जानकारी दिए ।
बैंकको मोबाइल बैंकिङ्ग प्रयोग गर्दा मासिक १५ हजार ४ सयसम्म तथा डेबिट कार्ड प्रयोग गरी मासिक ६ हजारसम्मको लाभ ग्राहकहरूले लिइरहेको राठीले बताए ।
डिजिटल फर्स्टको रणनीति अवलम्बन गरी डिजिटल बैंकिङ्ग क्षेत्रमा अग्रणी बैंकका रुपमा स्थापित हुन सफल भैसकेको यस बैंक विभिन्न छुट तथा नगद फिर्ता अफरहरूका साथ आक्रमक रुपमा अघि बढिरहेको बैंकले जनाएको छ ।