काठमाडौं- चीनबाट फैलिएर विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९) का कारण नेपालको अर्थतन्त्रमा चार अर्ब रुपैयाँसम्म क्षति हुन सक्ने प्रक्षेपण एसियाली विकास बैँक (एडिबी)ले गरेको छ।
आन्तरिक माग, व्यापार तथा उत्पादन घट्ने, आपूर्तिमा अबरोध, पर्यटन गतिबिधिमा कमी, स्वास्थ्यमा असरलगायतका कारण विश्वका अन्य मुलुकसँगै नेपाल पनि प्रभावित हुने एडिबीको अध्ययनले देखाएको हो।
कोरोनाको असर कस्तो हुन्छ भन्ने अहिल्यै भन्न नसकिने भएकाले त्यसको असरबारे पनि एडिबीले विभिन्न आकलन गरेको छ।
कोरोना भाइरसको प्रभाव खराब हुँदा नेपालको कुल ग्रार्हस्थ उत्पादन ० दशमलव १३ प्रतिशत अर्थात् तीन कारोड ३० लाख अमेरिकी डलर क्षति हुने विश्लेषण एडिबीले गरेको हो।