गोरखा – जिल्ला अस्पताल गोरखामा कोरोना भाईरस (कोभिड १९) का शंकास्पद बिरामी भेटिएमा उपचारका लागि आइसोलेशन वार्डको स्थापना गरिएको छ ।
कोरोना भाइरसको उपचारका लागि पूर्व तयारी स्वरुप अस्पतालमा वार्डको स्थापना गरिएको हाे ।
‘कोरोनाका शंकास्पद बिरामी अस्पतालमा उपचारका लागि आएमा उहाँहरुलाई सुरक्षित ठाउँमा राखेर उपचार गर्नु आबश्यक हुन्छ’ अूपताफका मेडिकल सुपरिटेण्डेण्ट नवीन थापाले भने ‘त्यसका लागि पहिले नै हामी तयारी अबस्थामा रहनुपर्ने भएकाले वार्डको स्थापना गरिएको हो ।’
वार्ड स्थापना भएसंगै शंकास्पद बिरामी फेला परेमा जिल्लामै अब छुट्टै कक्षमा राखेर उपचार गर्न सकिने व्यवस्था भएको थापाले जानकारी दिए । तत्कालका लागि अस्पतालले दुईवटा कोठालाई सुविधा सम्पन्न आइसोलेशन वार्डको रुपमा निर्माण गरिएकाे छ ।
‘एटेच बाथरुम सहितको आइसोलेशन कक्षमा एसी समेत जडान गरिएको छ’ उनले भने ‘अब छिट्टै पाँच वटा कोठालाई पनि सुविधा सम्पन्न बनाई आइसोलेशन वार्डको रुपमा प्रयोग गर्ने तयारी गरिरहेका छौं ।’