काठमाडौं- कोरोनाको कारण विश्व अर्थव्यवस्थामा परेको प्रभावले सुनको मुल्यमा पनि अनौठो उतार चडाब देखिएको छ ।
मंगलबारको तुलनामा बुधबार १ हजार रुपैयाँले बढेको सुनको मुल्य बिहिबार (आज) आउँदा झण्डै १५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघले जनाएअनुसार बिहिबार छापावाल सुनको मुल्य तोलामा ७५ हजार रुपैयाँमा काराेबार भइरहेकाे छ ।
बुधबार नेपाली बजारमा छापावाल सुनको मुल्य प्रतितोला ७६ हजार ५ सय रुपैयाँ रहेको थियो । महासंघले जनाएअनुसार आज तेजावी सुनको मुल्य प्रतितोला ७४ हजार ७ सय रुपैयाँमा काराेबार भएकाे छ ।