काठमाडौ- नेपाल टेलिकमले कोरोना भाइरसको संक्रमणबारे जनचेतना फैलाउनको लागि कल रिङव्याक टोन (सिआरविटी) परिवर्तन गरेको छ ।
अब तपाईले कसैलाई पनि फोन डायल गर्नु भयो भने फोन नउठेसम्म कोरोना भाइरसबारे जानकारी पाउनुहुनेछ ।
फोनमा कोरोना भाइरसका लक्षणहरु, कसरी बच्ने, चिकित्सकहरुसँगको सल्लाह समेतलाई टोनमा जानकारीको रुपमा समेटिएको छ ।