काठमाडौ- विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमणको कारण ११ हजार ३ सय ८३ जनाको मृत्यु भएको छ।
वर्ड मिटर्सका अनुसार भाइरसकाे संक्रमण २ लाख ७५ हजार १ सय ८९ जनामा देखिएको छ।
यसैगरी संक्रमण देखिएका मध्ये ९१ हजार ५ सय ३३ जना उपचारपछि निको भएका छन्। कोरोनाका कारण सबैभन्दा धैरै इटलीमा ४ हजार ३२ जनाकाे मृत्यु भएकाे छ।
इटालीमा ५ हजार ९ सय ८६ जना नयाँ संक्रमित देखिएका छन्। इटालीमा काेराेना संक्रमितकाे संख्या ४७ हजार २१ पुगेकाे छ।
यसैगरी चीनमा ३ हजार २ सय ५५ जनाकाे मृत्यु भएकाे छ भने ८१ हजार ८ जना संक्रमित भएका छन्।
दोस्रोमा ३ हजार ४ सय ३३ नयाँ बिरामी देखिएका छन्। स्पेनमा १ हजार ९३ जनाकाे मृत्यु भएकाे छ भने २१ हजार ५ सय १० जना काेराेनाबाट संक्रमित भएका छन्।