काठमाडौँ- नेपाल टेलिकमले नयाँ प्याक घोषणा गरेको छ।
टेलिकमले अनलिमिटेड डे भ्वाइस प्याक र अनलिमिटेड नाइट भ्वाइस प्याक अफरहरु घोषणा गरेको हो । यी प्याक प्रयोग गर्दा पैसा सकिने चिन्ता नलिई जति पनि कुरा गर्न सकिन्छ ।
अनलिमिटेड डे भ्वाइस प्याक अन्तर्गत १५ रुपैयाँमा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म जतिपनि कल गर्न सकिने टेलिकमले जनाएको छ । यो भ्वाइस प्याक खरिद गर्नका लागि सिधै 14159*2# डायल गर्नु पर्दछ ।
यो प्याक लिनका लागि DVUNL लेखेर १४१५ मा एसएमएस गर्न पनि सकिन्छ । यो प्याक एक पटक लिए पछि २४ घण्टाभित्र उपयोग गरिसक्नु पर्छ ।
अनलिमिटेड नाइट भ्वाइस प्याक अन्तर्गत १२ रुपैयाँमा राती १० बजेदेखि बिहान ६ बजेसम्म असिमित कुराकानी गर्न सकिन्छ । राती कुराकानी गर्नुपर्ने ग्राहकका लागि यो प्याक निकै उपयोगी भएको टेलिकमको भनाइ छ ।
यो प्याक लिनका लागि 1415154# डायल गर्नु पर्दछ । त्यसैगरी L NVUNL लेखेर १४१५ मा एसएमएस पठाएर पनि यो प्याक लिन सकिन्छ ।
विभिन्न प्याकेज प्राप्त गर्नका लागि *1415# मा डायल गरेर आफूलाई उपयुक्त हुने प्याकेज खरिद गर्न पनि सकिने टेलिकमले जनाएको छ ।