काठमाडौं- सरकारले एक सातासम्मका लागि घरबाट बाहिर ननिस्कन आदेश जारी गरेको छ।
कोरोना नियन्त्रण उच्चस्तरीय समितिले नेपालभर कोरोना संक्रमण देखिन सक्ने भएकाले ११ गतेदेखि १८ गतेसम्म कुनै व्यक्ति घरबाट बाहिर ननिस्किने आदेश जारी गरेको हो।
समितिले आन्तरिक उडानमा समेत रोक लगाएको छ भने सार्वजनिक यातायात बन्द गर्ने निर्णय गरेको छ। यसैगरी सो समितिले अत्यावश्यकबाहेक सरकारी कर्मचारीलाई बिदासमेत दिने निर्णय गरेको छ।
निजी क्षेत्रका कर्मचारीलाई पनि बिदा दिने निर्णय गरेको समितले संक्रामक रोग ऐन २०२० बमोजिम यस्तो आदेश जारी गरेको हो।