मृत्यु हरेकका लागि प्राकृतिक नियम हो।
त्यसका कारण भने फरक–फरक हुन्छन्। यतिबेला कोरोना भाइरसको विश्वव्यापी प्रभाव व्याप्त छ।
यो श्वासप्रश्वाससम्बन्धी संक्रमणजन्य रोग हो। यसको खुलास्थलमा टिक्ने क्षमता, चाँडो सर्ने गुण र रोग निरोधक शक्ति अति कम भएकाको ज्यानैसम्म लिने जोखिम भएका कारण सर्वत्र त्रास छाएको हो।
त्यसको मुख्य कारण हो– सावधानी अपनाउनुपर्नेमा आत्तिने÷अत्याउने बानी। राज्यका निकाय, विज्ञदेखि साराले सर्वसाधारणलाई चाहिनेभन्दा बढी डर देखाएका छन्।
त्यही कारण दैनिक गतिविधि प्रभावित भइसकेका छन्। पर्यटन क्षेत्र तहसनहस हुँदो छ। आर्थिक गतिविधि ठप्प छ। अत्यावश्यक काममा बाहेक आवागमन घटिसकेको छ। अरू त छाडौं– घरघरले खाद्यान्न, ग्याँसलगायत अत्यावश्यक वस्तु महिनौंलाई पुग्ने भण्डारण गरिसकेका छन्।
‘कोरोनालाई वास्तै नगर्ने भन्ने होइन। सावधानीका उपाय पर्याप्त अवलम्बन गरिनुपर्छ। सम्भावित उपचारका प्रबन्ध र पूर्वाधार व्यवस्था गर्नुपर्छ। सर्वसाधारणलाई चिन्तित नहुने गरी सचेतना सञ्चार गरिनुपर्छ।’
काेराेना भाइरस (कोभिड–१९) संक्रमणले यतिबेला बिश्व तरंगित भएकाे छ पहिला नाकाबन्दी हुँदा त हामिसंग केहि पनि राज्यनीति थिएन भने अब प्रत्येक नेपालीले स्वच्ने बेला आएको छ।
नेपालको राजधानीमा जहाँ लाखौ नेपालीहरु गाउँ बाट आफ्नो सुनौलो भबिस्यका लागि संघर्ष गरिरहेका हुन्छन्। त्यस्तै बेला सुकिला मुकिला माफिया कालोबजारीको बिकबिकी देखिन्छ र देखियो पनि त्यसैको डरले मानिसहरु गाउँ-गाउँ फर्किएका छन् ।
किन भने नेपाली राजनीतिमा राज्यनीतिको मुख्य भूमिका नरहेको प्रस्ट देखिन्छ, सामान्य रुपमा शहर बाट घर फर्केर जाँदा त हेल्प डेस्क सम्म पनि छैन,मानिसहरुको भिडभाड गाँउ तिर लागेकाे छ।
नेपालको हकमा कोरोना भाइरसलाई अलि बढी नै हल्लीखल्ली गरिएको छ। फलतः जनजीवन नै अवरुद्ध हुन पुगेको छ। यसको मतलब कोरोनालाई वास्तै नगर्ने भन्ने होइन।
सावधानीका उपाय पर्याप्त अवलम्बन गरिनुपर्छ। सम्भावित उपचारका प्रबन्ध र पूर्वाधार व्यवस्था गर्नुपर्छ। सर्वसाधारणलाई चिन्तित नहुने गरी सचेतना सञ्चार गरिनुपर्छ।
ठुला देशले हार खाईसकेको कोरोनासङ्ग हाम्रो देशले यसलाइ हल्का रुपमा लिनु हुन्न भुकम्प,नाकाबन्दीले नेपाली जनताले अहिले सम्म त्याे असर व्यवरिरहेका छन् ।
कोरोनालाइ सामान्य रुपमा लिनु हुन्न अब भारतसँगका सबै नाका तत्काल बन्द गरौ।देश भित्रैपनि अत्यावश्यक बाहेकका सबै आवत जावतमा तत्काल बन्द गरौ।भोलि ढिलो हुन सक्छ आजै,अहिल्यै गरौं।अहिलेसम्म केही भएको छैन त्यसैले हामी सबैले पहिले नै सजग हुन जरूरी छ।
अझै पनि धेरै देशहरुले ‘यो हामीलाई लाग्दैन, हाम्रो देशमा आउन सक्दैन, मौसम वा भगवानले हामीलाई बचाउँछ’ भनेर रोकथाम र उपचारको लागि तयारी नगरी हल्का रुपमा लिएको देख्दा डर लाग्छ।
यो समस्यालाई वेवास्ता गर्दैमा, समस्या छैन भनी आँखा छोप्दैमा, हल्का रुपमा लिदैमा यो हराएर जाने वाला छैन।
हाम्रो देशमा पनि सरकारले पूरै देशलाई ‘लक डाउन’ घोषणा गरेको छ तर राज्यले घोषणा मात्र होइन कार्यनयन गर्नु महत्वपूर्ण हाे, त्यसैले अब राज्यले मात्रै गरेर नहुने भएकाले जनस्तरबाट राज्यका हरेक नागरिकले आ-आफ्नो क्षेत्रबाट सचेतना र आफ्नो सुरक्षामा ध्यान दिनु नै यो भाईरसलाई अरु फैलनबाट रोक्न उपाय हो।
चीनमा यो तरिकाले काम गरेको छ, आशा छ हाम्रो देशमा पनि काम गर्छ। यी कदमहरु एकदमै अफ्ठ्यारा हुन् तर यी नगरे देश र विश्वको हालत के होला भनेर सोंच्न पनि सकिन्न।
कति देशहरुले यो समस्यालाई आफ्नो हैन, आफ्नो देशमा आएको छैन भनेर समय छँदै सावधानी नअपनाएको देख्दा रिस पनि उठ्छ। मलाई लाग्छ यो विश्वभरि फैलिएको कोभिड-१९को प्रकोपले पूरा समाजलाई नै परिवर्तन गर्नेछ।
नोबेल कोरोना भाइरस नयाँ प्रजातिको भाइरस हो, जुन मानवजातिमा पहिलो पटक चीनको वुहान प्रान्तमा ३१ डिसेम्बर २०१९ मा पहिचान भएको थियो ।
यो भाइरस जीवजन्तुबाट मानिसमा प्रसार भई मानिसबाट मानिसमा संक्रमण हुँदै फैलिँदै गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । यो भाइरसले सामान्य रुघाखोकी, ज्वरो, श्वास–प्रश्वासमा समस्याजस्ता लक्षणहरू देखा पर्नेछ ।
कोरोना भाइरस रुघाखोकी लगाउने भाइरसहरूको परिवारको एउटा सदस्य हो । यसले मानिसको श्वास–प्रश्वास प्रणालीमा गम्भीर खालको संक्रमण गराउने गर्छ ।
ज्वरो आउनु, सुक्खा खोकी लाग्नु र केही सातापछि सास फेर्न गाह्रो हुनु यो रोगका प्रमुख लक्षण हुन् । कोरोना भाइरसका लागि छुट्टै खोप र औषधि छैन, तर यस्तो भाइरसको संक्रमण देखिएमा अस्पतालमै लगेर उपचार गर्नुपर्छ ।
तर, अहिले फैलिएको कोरोना भाइरस यसअघि देखिएको थिएन । त्यसैले यो नयाँ भाइरसलाई 2019-nCov नाम दिइएको छ ।
चमेरोबाट बिरालोजस्तो देखिने सिभिट र त्यसपछि मानिसमा भाइरस सरेपछि सन् २००३ मा श्वास–प्रश्वासम्बन्धी रोग सार्सको प्रकोप फैलिएको थियो । सार्स र मार्सपछि श्वास–प्रश्वासमा समस्या निम्त्याउने कोरोना भाइरस हो ।
यो भाइरस संक्रमण धेरैजसो बालबालिका, वृद्ध, गर्भवती महिला तथा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका मानिसहरूमा हुन्छ ।
संक्रमणबाट बच्न सरसफाइमा ध्यान दिने । बाहिरबाट आएपछि साबुनपानीले हात धुने । बाहिर निस्कँदा माक्स लगाउने । माछामासु राम्रोसँग पकाएर खाने । खानेकुरामा ध्यान दिने ।
झोलिलो खानेकुरा बढी मात्रामा खाने। धूमपान–मद्यपान नगर्ने । फ्लुजस्तो लक्षण देखाउने जो–कोहीको सम्पर्कबाट टाढा रहने । फ्लुको लक्षण देखिएमा चिकित्सकसँग परामर्श लिने ।
जंगली तथा घरेलु पशुपन्छीहरूसँगको असुरक्षित सम्पर्कबाट टाढा रहने गरेमा यश भाइरस बाट केही हदसम्म जोगिन सकिन्छ।
र अन्तमा : सबैले असल नागरिकको भूमिका निर्बाह गरौ ! सचेत बनौ !सजग रहौ ! सबै मिलेर यो महामारीको सामना गरौ! सबै जिम्मेवार बनौ ! बिश्व शान्तिको लागि कामना गरौ! जय राष्ट्र !