काठमाडौ- पराराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले खाडी मुलुकमा रहेका नियोगहरूलाई खाडीमा रहेका नेपालीसँग नियमित सम्पर्क बस्न निर्देशन दिएका छन् ।
परराष्ट्र मन्त्रालयबाट भिडियो कन्फरेन्स मार्फत खाडी मुलुकका नियोगका पदाधिकारीसँग गर्नुभएको छलफलमा सो निर्देशन दिएका हुन् ।
उनले छलफलका क्रममा खाडीमा रहेका नेपालीलाई सुरक्षित रहन, आतङ्कित नहुन तथा त्यहाँको सरकारले दिएको स्वास्थ्य सम्बन्धी प्रोटोकललाई अनुसरण गर्न आग्रह गरेका थिए ।