काठमाडौं– कोरोना भाइरस (कोभिड- १९)को कारण इटालीमा मात्रै ७ हजार ५ सय ३ जनाले ज्यान गुमाएका छन्।
बिहीबार सबा ६ बजेसम्मको तथ्यांक अनुसार इटालीमा ७४ हजार ३ सय ८६ जनालाई कोरोना संक्रमण भइसकेको छ।
कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित तथ्यांक अनुसार, हालसम्म इटालीका ९ हजार ३ सय ६२ जना उपचारपछि निको भएका छन्।
विश्वभर हालसम्म २१ हजार १ सय ८१ जनाको मृत्यु भइसकेको छ। हालसम्म ४ लाख ६७ हजार ५ सय ९४ जना संक्रमित भइसकेका छन्। १ लाख १३ हजार २ सय २६ जना उपचारपछि निको भएका छन्।