इराक (सुलेमानी)- बैदेशिक राेजगारीकाे शिलशिलामा इराकका प्रान्तिय क्षेत्रहरू मध्ये कुर्दिस्तान प्रान्तका इर्विल, सुलेमानी, दाेहक बार्जा लगायतका सहरमा करिव २५ हजार नेपाली रहेकाे अनुमान लगाउन सकिन्छ ।
इराकमा कुनैपनि सरकारी नियाेग तथा राजदुताबास नभएकाले पनि कति संख्यामा त्यहाँ नेपाली छन् भन्ने तथ्याङ्क निकाल्न सकिन् ।
हाल इराकमा समान्य मजदुरदेखि ५ तारे हाेटलका सेफसम्म विभिन्न पदमा कार्यरत छन् । तिनिहरूकाे अवस्था के छ त ?
इराकमा रहेका ५/६ वटा संघ संस्थाहरूकाे सम्पर्कमा अाएका नेपालीहरूकाे अवस्था सामान्य रहेकाे जानकारी अाएकाे छ ।
बिहिबार मात्र नेपालबाट दुवइ अाउने र दुवइबाट यूराेप जाने भन्दै अाएका केहि नेपालीलाइ इर्विलकाे प्रहरीले प्रकाउ गरेकाे छ । उनीहरू इर्विलबाट टर्कि हुदैँ यूराेप मूलुक जानका लागि अपहरण शैलीमा फेला पारेकाे कुर्दिस २४ ले समाचार लेखेकाे छ ।
यस्तै, दलाले राम्राे काम लगाइदिन्छु भन्दै इर्विलका विभिन्न क्षेत्रका घरहरूमा नजरबन्द पारिएका नेपालीहरूकाे अवस्था भने भयाभवयक नै छ । उनीहरूलाइ न दलालले उद्वार नै गर्न सकिरहेकाे छ न त यहाँकाे सरकारले नै ।
इराकमा अहिलेसम्म ५ जना काेराेना भाइरसका कारण मुत्यु भएकाे खबर छ ।
हाल इराककाे यस प्रान्तिय क्षेत्रमा १५ दिनदेखि पुरै लगडाउन जारी छ । अझै याे अप्रिल महिनाभरि लग डाउन लगाउने सरकारकाे तयारी छ । अहिलेसम्म कुनैपनि नेपालीलाइ अाधिकारीक रूपमा काेराेना भाइरस भएकाे कुर्दिस्तान सरकारले सावर्जनिक गरेकाे छैन ।
प्राय उनीहरू घरायसीकाममा हुने हुदाँपनि कति जनामा काेराेना भाइरसबाट संकमण भयाे भनेर यकिन तथ्याङ्क पाउन सकिरहेकाे छैन ।
‘लकडाउन’का बीच पनि इराकमा नेपाली कामदार तस्करी, दुई जनाको कुर्दिस्तानबाट उद्धार
कोरोना भाइरस न्यूनीकरणका लागि गरिएको लकडाउनका बीच पनि इराकको कुर्दिस्तानमा दुई नेपाली कामदार मानव तस्करीमा परेका छन् ।
बुधबार बिहान दुई नेपालीहरुलाई एक वाहनमा इराकको इरबिल प्रान्तमा लैजाँदै गरेको अबस्थामा कुर्दिस्तान क्षेत्रको ट्राफिक प्रहरीले फेला पारी उद्धार गरेको हो।
कुर्दिस्तानस्थित ट्राफिक प्रहरीका प्रवक्ता फाजिल हाजीले भने, ‘इरबिल ट्राफिक प्रहरीले बुधबार बिहान एक वाहन पक्राउ गर्यो, जसमा पैसाका लागि दुई नेपालीलाई इरबिल पुर्याउने योजना थियो ।’ बयानमा वाहन इरबिल प्रान्तमा कहाँबाट प्रवेश गर्यो भनेर खुलाईएको छैन।
प्रवक्ता हाजीका अनुसार नेपालीलाई वाहनमा हालेर लैजाँदै गरेका चालकले यसअघि पनि विभिन्न कसुरमा सजाय पाइसकेका छन् ।
यो घटनासहित लकडाउनका बाबजुद मानव ओसारपसारका दुई प्रयासलाई त्यहाँको स्थानीय ट्राफिक प्रहरीले असफल बनाइदिएको छ। गत सोमबार इर्बिल प्रान्तमा मानव ओसारपसारको अर्को घटनालाई पनि असफल बनाइदिएको थियो ।
इराकका विभिन्न स्थानहरुबाट मासु बोक्ने गाडीमा दुई आप्रवासी कामदारलाई तस्करी गर्दै गरेको अवस्थामा फेला पारिएको थियो। ट्राफिक प्रवक्ता हाजीकाअनुसार ती दुई व्यक्ति एक महिला र एक पुरुष अरेबियन रहेको विभिन्न सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
उद्धार गरिएकाहरु सबैको स्वास्थ्य परीक्षणका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
कोभिड १९ प्रकोप रोक्न इराक सरकारले कुर्दिस्तान लगायतका सहरहरुमा खाद्यान्नलगायत अत्यावश्यक वस्तुहरु किनमेल गर्नबाहेक अन्य यात्रा गर्न रोक लगाएको छ।
सवारी पनि अत्यावश्यक कामका लागि मात्रै खुल्ला गरिएको छ । धार्मिक सेवाहरु तथा सार्वजनिक जमघटसमेत बन्द गरिएको छ।