बिहान सबेर उठ्ने बितिकै याद आउँछ तिम्रो आमा ।
के गर्दै बसेकी हौली बिरानो गाउमा एक्लै मेरि आमा ।।
हजुरको अथाह माया को सदैब भोगी छु मेरि आमा ।
सानोमा आफ्नो पीडा लुकाएर मलाइ हसाइ राख्यौ मेरि आमा ।।
अहिले सम्म तिमिलाइ मैले कुनै खुशी दिन सकिन मेरि आमा ।
सायद छोरी भएर अर्काको घरजानुको पिडाछ मेरि आमा ।।
सधै सधैको मीठो सम्झना याद बाहेक केही गर्न सकिन मेरि आमा ।
सधै साथमा हुन नसकेपनी मनभरिको अजम्बरी माया छ मेरि आमा ।।
रचना–सरिता श्रेष्ठ