काठमाडौं- विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या १७ लाख ७१ हजार ५ सय १४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
कोरोनाभाइरसडटजेएचयूडटइडियू मा प्रकाशित आइतबार बिहानसम्मको तथ्यांक अनुसार कोरोना संक्रमणबाट १ लाख ८ हजार ५ सय ३ जनाको मृत्यु भइसकेको छ।
त्यस्तै, ४ लाख २ हजार २ सय ७० जना उपचारपछि निको भएका छन्।
पछिल्लो समय कोरोना संक्रमणको उच्च दर अमेरिकामा देखिएको छ। त्यहाँ अहिलेसम्म ५ लाख २६ हजार ३ सय ९६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।