काठमाडौं- कोरोना महामारीबाट अमेरिकामा ९ घण्टाभित्र १ हजार मानिसको मृत्यु भएको छ । योसँगै त्यहाँ यसबाट मृत्यु हुनको संख्या साढे २० हजार नाघेको छ ।
वर्ल्डओमिटरको तथ्यांकअनुसार त्यहाँ हालसम्म कोरोनाका कारण अमेरिकामा २० हजार ५ सय ७७ जनाको मृत्यु भइसकेको छ ।
अमेरिकामा मृतकको संख्या १९ हजार ६ सय ६६ थियो । यस हिसाबले ९ घण्टामै झन्डै हजार जनाको मृत्यु भएको देखिन्छ ।
विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)का कारण शनिबार ६ हजार बढीको मृत्यु भएको छ ।
शनिबार ६ हजार ८३ ले ज्यान गुमाएसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ८ हजार ७ सय ७० पुगेको छ ।
त्यस्तै, शनिबार ८० हजार नयाँ संक्रमित फेला परेका छन् । योसँगै कोरोना संक्रमितको संख्या १७ लाख ७९ हजार ९९ पुगेको छ । संक्रमितमध्ये ४ लाख बढी निको भएका छन् ।