काठमाडौं- बहराइनमा थप २७ जना नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ ।
बहराइनको मनामास्थित नेपाली दूतावासले शुक्रबार एक बिज्ञप्ति जारी गरि थप २७ जना नेपालीलाई कोरोना संक्रमण देखिएको जनाएको छ।
योसँगै बहराइनमा कोरोना सङ्क्रमित नेपालीको सङ्ख्या ४९ पुगेको छ ।
यसअघि बहराइनमा २२ जना नेपालीमा सङ्क्रमण देखिएको थियो ।