काठमाडौं- सरकारले लक डाउन क्रमशः खुकुलो बनाउँदै लैजाने गृहकार्य थालेको छ । सरकारको प्रवक्तासमेत रहेका अर्थमन्त्री डा.युवराज खतिवडाले यसमा सरकारले निश्चित भौगोलिक सीमा वा व्यावसायिक गतिविधिलाई खुकुलो बनाउँदै लैजाने गरी गृहकार्य थालेको बताए ।
आइतबार नेपाल चेम्बर अफ कर्मशका प्रतिनिधिहरुसँगको भेटमा उनले लकडाउन खुकुलो बनाउने बताउका हुन् ।
यद्यपि, सरकार अन्तर्राष्ट्रिय आवागमन खोल्न सक्ने स्थितिमा भने अहिले नरहेको डा. खतिवडाले स्पष्ट पारे।
उनले भने, ‘हामीले व्यवसायिक गतिविधि र भौगोलिक गतिविधिलाई अलि खुकुलो बनाउँदै लैजाननेतर्फ सोच्न थालेका छौ । यसमा हामीले गृहकार्य पनि थालेका छौँ ।’
उनले सरकारको कोष पनि त्यति सहज अवस्थामा नभएको बताए । नेपाल चेम्बर अफ कमर्शका प्रतिनिधिले सरकारी कोषको रकम परिचालन गर्नुपर्ने भनेपनि उनले सरकारको कोष सहज अवस्थामा नरहेको बताए ।
उनले भने, ‘सरकारको क्षमता सिमित छ र राजस्वको बृद्धि लक्ष्यको तुलनामा निकै कम छ । यसकारण हामीले आन्तरिक स्रोत परिचालन गर्नुछ । राजस्वको स्रोत कम र कोरोनाका कारण खर्चको आवश्यकता बढेकोले सरकारको आफ्नो ट्रेजरी त्यति सहज अवस्थामा छैन ।’