काठमाडौं- विश्वभर कोरोना संक्रमितको संख्या २७ लाख नाघेको छ।
जोन हप्किन्स विश्वविद्यालयमा प्रकाशित शुक्रबार बिहानसम्मको तथ्यांक अनुसार कुल २७ लाख ३ हजार ६ सय १५ जना संक्रमित भइसकेका छन्।
संक्रमितको संख्या अमेरिकामा सर्वाधिक छ। त्यहाँ ८ लाख ६६ हजार ६ सय ४६ जना संक्रमित भइसकेका छन्।
स्पेनमा २ लाख १३ हजार २४, इटालीमा १ लाख ८९ हजार ९ सय ७३, फ्रान्समा १ लाख ५९ हजार ४ सय ६०, जर्मनीमा १ लाख ५३ हजार १ सय २९, बेलायतमा १ लाख ३९ हजार २ सय ४६ र टर्कीमा १ लाख १ हजार ७ सय ९० संक्रमित भएका छन्।
मृत्यु हुनेको कुल संख्या १ लाख ९० हजार ४ सय ९० पुगेको छ। मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै बढी छ। त्यहाँ मृत्यु हुनेको संख्या ४९ हजार नाघिसकेको छ।
त्यस्तै, इटालीमा २५ हजार ५ सय ४९, स्पेनमा २२ हजार १ सय ५७, बेलायतमा १८ हजार ७ सय ३८ को मृत्यु भइसकेको छ।
निको हुनेको संख्या पनि दैनिक बढिरहेको छ।
शुक्रबार बिहानसम्म कुल ७ लाख ३७ हजार ८ सय ६४ जना उपचारपछि निको भइसकेका छन्। निको हुनेको संख्या जर्मनीमा बढी छ। त्यहाँ १ लाख ३ हजार ३ सय उपचारपछि निको भइसकेका छन्।
नेपालमा भने कुल ४८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। त्यसमध्ये १० जना निको भइसकेका छन् भने बाँकी उपचाररत छन्।