काठमाडौं– विश्वभर कोरोना संक्रमण हुनेको संख्या २९ लाख ६८ हजार ६ सय २७ पुगेको छ।
जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार संक्रमितको संख्या अमेरिकामा सर्वाधिक छ। त्यहाँ ९ लाख ६४ हजार ९ सय ३७ पुगेको छ।
त्यस्तै, स्पेनमा २ लाख २६ हजार ६ सय २९, इटालीमा १ लाख ९७ हजार ६ सय ७५, फ्रान्समा १ लाख ६२ हजार २ सय २०, जर्मनीमा १ लाख ५७ हजार ७ सय ७०, बेलायतमा १ लाख ५४ हजार ३७, टर्कीमा १ लाख १० हजार १ सय ३० लाई संक्रमण पुष्टि भएको छ।
विश्वभर ज्यान गुमाउनेको संख्या २ लाख ६ हजार ४ सय २ पुगेको छ। मृत्यु हुनेको संख्या पनि अमेरिकामा नै सर्वाधिक छ। त्यहाँ मृत्यु हुनेको संख्या ५५ हजार नाघेको छ।
त्यस्तै, इटालीमा २६ हजार ६ सय ४४, स्पेनमा २२ हजार ८ सय ५६, बेलायतमा २० हजार ७ सय ३२ को मृत्यु भइसकेको छ।
संक्रमितहरु निको हुने क्रम पनि बढेको छ। हालसम्म ८ लाख ६४ हजार १ सय २२ जना निको भइसकेका छन्।
नेपालमा पनि ५२ जनालाई कोरोना संक्रमण पुष्टि भइसकेको छ। त्यसमध्ये १६ जनाको उपचारपछि निको भइसकेका छन्।