गोरखा- अजिरकोट गाउँपालिका वडा नम्बर ५ मा राहत वितरण गरिएकाे छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोविड- १९ अर्थात कोरोना भाइरसको कारण भएको बन्दाबन्दी अर्थात लकडाउनका कारण अति विपन्न, असहाय, श्रमजीवी मजदुरहरुमा पर्न गएको दैनिकीको समस्यालाई ख्याल गरि गाउँपालिका र प्रदेश सरकारको समन्वयमा अति आवश्य्क दैनिक उपभोग्य सामाग्रीहरु राहत स्वरुप वितरण गरिएको हाे ।
वडा नम्बर ५ का अध्यक्ष झलप्रसाद देवकोटाका स्थानीय समाजसेवी तथा युवाहरूको रोहवरमा आवश्यक पहिचान गरि करिव १ सय १५ घर धुरिलाई वितरण गर्ने कार्यक्रम रहेकोमा १ सय ९ घरधुरीलाई सोमबार वितरण गरिएको र बाकीलाई मंगलबार वितरण गरिएकाे हाे ।
युवाहरु बिपिन देवकोटा, अजय देवकोटा, कपिल पोखरेल लगायतले वितरण कार्यक्रमलाई सहजीकरण गरेको र टेन्डर आव्हान गरि श्रेष्ठ किराना पशल, झ्याल्लाबाट सामानहरु खरिद गरिएको हाे ।
चामल, दाल, तेल, चिनी,नुन साबुन आदि खरिद गरि अति विपन्न वर्गहरु सत्य तथ्य पहिचान गरि वितरण गरिएको वडा कार्यालयले जनाएको छ । जसले दैनिक मजदुरी गरेर विहान बेलुका छाक टार्न नसकेका नागरिकहरुमा केही राहत मिल्ने देखिन्छ ।