गोरखा- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गोरखा जिल्ला इन्चार्ज तथा पुर्व सभासद कृष्ण धितालले गोरखा अस्पताललाई ५० थान व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) हस्तान्तरण गरेका छन ।
मंगलबार अस्पताल पुगेर धितालले अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. नविन थापालाई उक्त सामाग्री हस्तान्तरण गरेका हुन ।
गैरआवासीय नेपाली संघ (एनआरएन)को सहयोगमा उक्त सामग्री हस्तान्तरण गरिएको धितालले बताए।
अस्पताललाई थप स्वास्थ सामाग्री उपलब्ध गराइने समेत उनले बताए ।
निरन्तर स्वास्थ्य क्षेत्रमा खटिईरहेका स्वास्थ्यकर्मीहरुलाई पिपिईले उपचारमा थप सहजता प्रदान गर्ने अस्पतालले जनाएको छ ।