काठमाडौं- विश्वभर कोरोना संक्रमितको संख्या ३१ लाख नाघेको छ ।
जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको बुधबार बिहानसम्मको तथ्यांक अनुसार ३१ लाख ३६ हजार ५ सय ७ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।
मंगलबार कोरोनाका ७६ हजार नयाँ संक्रमित फेला परेका छन् भने ६ हजार ३ सय ६५ को मृत्यु भएको छ । योसँगै विश्वभर कुल २ लाख १७ हजार ८ सय २३ जनाको मृत्यु भइसकेको छ ।
कोरोना संक्रमण भए पनि निको हुनेको संख्या पनि बढ्दै छ । बुधबार बिहानसम्म ९ लाख ५३ हजार जना उपचारपछि निको भइसकेका छन् ।
मृत्यु हुनेको संख्या अमेरिकामा सर्वाधिक छ। त्यहाँ ५९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
त्यस्तै, इटालीमा २७ हजार ३ सय ५९, स्पेनमा २३ हजार ८ सय २२, फ्रान्समा २३ हजार ६ सय ६०, बेलायतमा २१ हजार ६ सय ७८ को मृत्यु भएको छ ।
कोरोना संक्रमण पुष्टि हुने देशहरुमा पनि अमेरिका सबैभन्दा अघि छ ।
त्यहाँ १० लाख ३५ हजार बढीलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
त्यस्तै, स्पेनमा २ लाख ३२ हजार १ सय २८, इटालीमा २ लाख १ हजार ५ सय ५, फ्रान्समा १ लाख ६९ हजार ५३, बेलायतमा १ लाख ६२ हजार ३ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।